कारागारमा निःशुल्क स्वास्थ्य शिविर

इनरुवा  कारागार कार्यालय झुम्कामा रहेका अधिकांश कैदीबन्दीमा छालाको समस्या देखिएको छ ।

कारागारमा आयोजना गरिएको स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये अधिकांशमा छालासम्बन्धी समस्या देखिएको हो । जसमध्ये अधिकांशमा दाद र लुतो प्रमुख रहेको छ । डाक्टर सहित ४० जनाको समूहले तीन दिन लगाएर गरेको स्वास्थ्य जाँचका क्रममा अधिकांश कैदीमा छालासम्बन्धी समस्या पाइएको जिल्ला अस्पताल इनरुवाका मेसु डा.देवराज घिमिरेले बताए ।

डाक्टर घिमिरेका अनुसार कैदीहरूमा शरीर चिलाउनेदेखि दाद र लुतोसम्मका समस्या देखिएको छ । त्यसैगरी मानसिक समस्या, हाडजोर्नी, हर्निया, आँखा र सुगर प्रेसरका रोगीमेत स्वास्थ्य जाँचका क्रममा पाइएको उनले बताए । कैदीहरूमा अत्यधिक मात्रामा छालाको समस्या देखिनुको प्रमुख कारक भने भीडभाडयुक्त बसाइ रहेको घिमिरेले बताए ।

कैदीबन्दीको स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले दुई चरणमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको थियो । कारागार प्रशासक भीमप्रसाद भट्टराईले बताएअनुसार सबैमा समान स्वास्थ्य पहुँचको उद्देश्यअनुरूप निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

प्रशासक भट्टराईले तीन दिनसम्म सञ्चालित स्वास्थ्य शिविरबाट कारागारको ए र बी ब्लकमा रहेका १ हजार ६ सय ८० जना कैदीबन्दी लाभान्वित भएको बताए । जाँचका क्रममा विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवाका साथै छाला रोग, हाडजोर्नी, नाक–कान–घाँटी, भिडियो एक्स–रे र सर्जरीसहितको सेवा उपलब्ध गराइएको भट्टराईले बताए । स्वास्थ्य जाँच गराउनेहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको उनले जनाए ।

भट्टराईले कारागारले कैदीबन्दीलाई लक्षित गरी यसअघि  पनि स्वास्थ्य जाँचको बन्दोबस्त मिलाउँदै आएको जानकारी दिए । जसलाई उनले निरन्तरता दिनेसमेत बताए । जेलर भट्टराईले कैदीहरूको लागि मनोरञ्जनदेखि खेलकुदजस्ता गतिविधिमा समेत कारागार कार्यालयले ध्यान दिँदै आएको बताए ।

कारागारमा आयोजना गरिएको स्वास्थ्य शिविरको सुनसरीका प्रजिअ हुमकला पाण्डेसहित प्रहरी प्रमुख प्रभु ढकाल र सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम प्रसाईंले संयुक्तरूपमा अनुगमन गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको