दमक/
झापाको दमक नगरपालिका वडा नं ७ स्थित रतुवा नदिको किनार । पूर्व पश्चिम राजमार्ग स्थित रतुवा पुलको उत्तर तर्फको तटबन्धन गरिएको ठाउँ । यो ठाउँमा अव अर्को स्थाई संरचना निर्माण हुने भएको छ ।
त्यो हो सुरक्षीत छैट पुजा गर्ने स्थल । हरेक वर्ष पानी सहितको बालुमा पुजा स्थल बनाएर जोखिययूक्त तरिकाले पुजा गरिरहेको कार्यलाई अव भने सुरक्षीत तरिकाले गर्ने गरि व्यवस्थीत पुजा गर्ने स्थल बनाउने योजना रहेको दमक नगरपालिका वडा नं ६ कि महिला सदस्य तथा कार्यपालिका सदस्य बिणा देवि शाहले बताउनु भयो ।
नदिको पश्चिम तर्फ पूर्व फर्केर पुजा गर्ने स्थल बनाइने छ । यसको बाहिर पट्टि दुई वटा मन्दिर र रातमा जाग्रम बस्न मिल्ने हल पनि बनाइने छ । यसकालागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन गर्न आफु लागी पर्ने वडा नं ७ का वडाध्यक्ष भीम पौडेलको भनाई छ ।
पहिलो चरणमा १ सय मिटर लामो पुजा गर्ने स्थान बन्ने छ । तीन स्टेपको आर सिसि स्टकस्चर बन्ने र यसबाट सुरक्षीत तरिकाले बसेर पुजा गर्न मिल्ने दमक नगरपालिकाका इञ्जिनियर अनन्त सेनेहाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार यती काम गर्न ८० लाख रुपैँयाको बजेट लाग्ने र सरकारका तीन तहकै सहभागीतामा सम्पन्न गर्ने गरि योजना बघी बढाइने उहाँले बताउनु भयो ।
दमकमा रहेका मैथीली समुदायको यो मागलाई दमक नगरपालिकाले पुरा गर्न लागेको हो । पछिल्लो समय छैट पर्व मैथिली समुदायले मात्रै नभएर अन्य समुदायको पनि सहभागीता रहन थालेकोले यो सस्कृतिको संरक्षण गर्ने कुरामा दमक नगरपालिका सकरात्मक रहेको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
यो आयोजना सम्पन्न गराउन आवश्यक पर्ने बजेटको प्रवन्ध गर्न आफुले हर प्रकारका समन्वयको भूमिका निर्वाह गर्ने उहाँको प्रतिवद्धता छ ।
यो वर्ष योजनाको इस्टिमेट भएको र आगामी वर्षको बजेटमा राखेर काम सुरु गराउने लक्ष्य राखीएको छ । श्रोत सुनिश्चित भएपछि यो काम एक वर्षमा सकिने बताइएको छ ।
भिडियो हेरौ