"सर्वत्र मौलाउँदै ठगी धन्दा"

जग्गा काण्डको ठागी आरोपीतलाई काठमाडौमा पक्राउ गरि झापा ल्याइयो

 

दमक/
झापाका व्यवसायी मदन अधिकारी, राजकुमार थापा, गुणराज थापा लगायतको जाहेरीका आधारमा काठमाडौका उद्योगपति तथा निर्माण व्यवसायी हुमनाथ कोईरालालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइरालाईले जहेरीकर्तासँग जग्गा कारोवार गर्दा जग्गा पास नगरिदिएको र आफुहरु ठगीमा परेको भन्दै प्रहरीकहाँ पुगेका थीए ।
पीडीतहरुको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौले पक्राउ पुर्जी जारी गरेको थियो । सोहि पक्राउ पर्जीका आधरमा कोईरालालाई काठमाडौबाटै पक्राउ गरि झापा ल्याएको छ ।

झापाको कमल गाउापालिका स्थित पाडाजुगी चोक दक्षिण तर्फ २ बिगाह १६ कट्ठा जग्गा कारोबारमा कवुल बमोजिमको सम्पूणर् पैसा दिदा समेत नामसारी नगरि फरार रहेकोले खोजी गरि पक्राउ गर्न माग गरिएको थियो । पक्राउ परेका कोईरालाले करिव ६ करोड ७५ लाख रुपैँया ठगी गरेको आरोप छ ।

कोईरालालाई गत बिहिबार काठमाडौमा पक्राउ गरि झापा ल्याइएको र हिजो म्याद थप गरि सात दिन अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दमकका राखीएको यहाँ डिएस पि मनोज कुमार लामाले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

Share: