दमक/
झापाको दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्ना शेयर सदस्य बिचमा ब्याडमिण्टन प्रतियोगिता गर्यो ।
सस्था स्थापना भएको १४ वर्ष पुगेको अवसरमा आयोजना गरिएको प्रतियोगितामा उल्लासमय तरिकाले सहभागीता जुटेको थियो ।
आफ्ना शेयर सदस्यहरु आवद्ध भएका सघं, सस्था तथा संगठनका बिचमा प्रतियोगिता गराइएको थियो ।
प्रतियोगिको सहभागीता जुटाउन दमक उद्योग वाणिज्य सघंसँग समन्वय गरिएको कार्यक्रम संयोजक निर्मल खतिवडाले जानकारी दिनुभयो ।
सस्थाले बिगतका वर्षहरुमा पनि विभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको थियो । यहि क्रमलाई निरन्र्ता दिन यो पटक चाहि ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको सस्थाका अध्यक्ष टिकाराज सोपकोटाको भनाई छ ।
विभिन्न १२ वटा सस्थाका १६ वटा टिम प्रतियोगितामा सहभागी भएका थीए । प्रतियोगिता कमल ५ स्थित ३८ नम्बर रिजर्भ गणको कवर्डहलमा भएको थियो । सस्थाले आयोजना गरेको यस्तो प्रतियोगिताले दमकका ब्याडमिण्डटन प्रतिको बढ्दो क्रेजलाई सम्बोधन गरेको र यसले खेलाडीमा थप मनोवल बृद्धि गर्ने खेलाडीहरुले प्रतिकृया दिनु भएको छ ।
प्रतियोगितामा बिजेता बनेको मेचि मदिरा व्यवसायी सघंले नगद १५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुनेहरु क्रमश अटो मोवाईल व्यवसायी सघं र कपडा व्यवसायी सघं र गल्ला किराना व्यवसायी सघंले क्रमश नगद १० हजार र ५/५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सस्थाले स्थापना दिवसको अवसरमा वातावरण तथा सरसफाई,जीवन बिज्ञान, रक्तदान, तथा शिक्षाका कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।
भिडियोमा हेरौ