दमक/
रास्वपाले बनायो दमक र कन्काई नगरमा कमिटी राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगरको पहिलो भेलाले विवेक पाठकको सभापतित्वमा नगर कमिटी गठन गरेको छ । कमिटीको उपसभापतिमा प्रतिमा दाहाल र कोषाध्यक्षमा मिलन आचार्य चयन भएका छन ।
नगर कमिटीको सचिवमा एक पदका लागि दुई जनाले दाबेदारी प्रस्तुत गरेपछि सो पदमा आधिकारिक चयन हुन बाँकी रहेको बुझिएको छ । सदस्यहरुमा कृति पौडेल, दिपा न्यौपाने, मनिसा सिटौला, नन्द कुमार राई, पदम भण्डारी, राजु भट्टराई र श्याम प्रसाद तिम्सिना चयन भएका छन ।
सो पार्टीको नगर भेला आज दमकस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरिएको थियो । सो पार्टीका सांसद हरि ढकाल र केन्द्रिय सदस्य रमेश प्रसाइँको उपस्थितीमा भएको भेलाले गठन गरेको सो कमिटी दमकको पहिलो आधिकारिक कमिटी भएको जनाइएको छ । त्यसैगरी सो पार्टीले कन्काई नगर कमिटीको भेला समेत सम्पन्न गरेको छ । भेलाले नन्द कुमार चुँडालको सभापतित्वमा उपसभापति सुजाता निरौला, सचिब मोहन थापा र कोषाध्यक्ष सुमन ढकाल रहेको नगर कमिटी गठन गरेको पनि जनाइएको छ ।