मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु 

मोरङको विराटनगर महानगरपालिका-७ पिपल चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउन्ड वालमा ठोक्किँदा चालक मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय चालक सागर भगत घाइते भएका थिए । उनको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp