निगुरो बेचेर घरखर्च जुटाउँदै

Nigro_IRK1v4M2ov

सोलुखुम्बु  / सोलुखुम्बु माप्यदूधकोशी गाउँपालिका-५ काँकुकी डोल्मा शेर्पा बिहान सबेरै उठ्नुहुन्छ । उठेर भुटेकाे मकै पाेकाे पार्नुहुन्छ अनि निगुरो टिप्न जङ्गल जानुहुन्छ ।

उहाँ हप्तादिनभरि निगुरो टिप्नुहुन्छ अनि शनिवार सदरमुकाम सल्लेरीमा लाग्ने साप्ताहिक हाट बजारमा बिक्री गर्नुहुन्छ । निहुराे बेचेर आएकाे आम्दानीबाट उहाँकाे घरखर्च र बालबच्चाकाे पढाइ खर्च टरेकाे छ । जङ्गलमा यत्तिकै खेर जाने निगुरोको साग बेचेरै करिब १५ वर्षदेखि डोल्माले आफ्नो जिन्दगी धान्दै आउनुभएको छ । यही आम्दानीबाट उहाँले १० जनाको परिवार  पाल्दै आउनुभएको छ ।

शेर्पा भन्नुहुन्छ ‘नगरे के गर्नु । हामी गरिबलाई कसैले ऋण पत्याउँदैन्, यही जङ्गलको निगुरो टिप्छु, बिक्री गर्छु र छोराछोरीलाई पढाउँछु, आम्दानीको अरु बाटो छैन । के गर्नु खै ।’

न्यून आय स्रोत भएकाहरूलाई वर्षातमा उत्पादन हुने निगुरो कमाइकाे आधार बनेकाे छ । वर्षातमा निगुरो बेचेर र हिउँदमा पिँडालु बिक्री गरेर डोल्माले हप्तामा ३ हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । बिहान उज्यालो नहुँदै जङ्गल तथा खोलाखोल्सीमा पुग्ने डोल्मा बेलुका भएपछि मात्रै जङ्गलबाट फर्किने गर्नुहुन्छ ।

अहिले शेर्पा मात्रै हैन सोलुखुम्बुमा न्यून आय स्रोत भएका परिवारका थुप्रै महिलाहरुले निहुराे बेचेरै घरखर्च धान्दै आएका छन् । जङ्गल तथा खोलाखाल्सीमा उम्रिएको निगुरो बिक्रीबाट उनीहरुले घर खर्च टार्नेदेखि बालबालिकाको पढाइ खर्च समेत धानिरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।