घटनाबारे अनुसन्धान जारी

ताप्लेजुङमा सवारी दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु

accedent_7758 (1)

ताप्लेजुङ आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका–६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बालकका ठूलोबुबा सवारी चालक कृष्णमान गुरुङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन