दमक/
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ सि को आज निर्वाचन सम्पन्न भयो । धरानमा सम्पन्न भएको प्रथम निर्वाचनमा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ सि को सेकेण्ड डिस्ट्रिक गभर्नरमा दमकका बवरजंग थापा बिजयी हुनु भएको हो ।
उहाँले आफ्ना प्रतिस्पर्धी दमककै अजय अग्रवाललाई पराजीत गर्दै जीत हाँसिल गर्नु भएको हो ।
शुक्रबार सम्पन्न भएको मतदानमा थापाले १ सय ९४ मत ल्याएर बिजयी हुँदा अग्रवालले १ सय ४२ मतमै चित्त बुझाउनु परेको थियो ।
जम्मा मतदाता ३४३ रहेकोमा एक जनाको मात्रै मत खसेन । अर्थात ३४२ मत खसेको थियो ।
यस्तै ३ सय २७ जनाको समर्थन पाएर डिस्ट्रिक गभर्नरमा हरी शर्मा निर्वाचित हुनु भएको छ । उहाँको को बिवक्षीमा अर्थात नो भोटमा १० जनाले मतदातन गरेका थीए भने ५ जनाको मत बदर भएको थियो । यस्तै फस्र्ट डिस्ट्रिक गभर्नरका उम्मेदवार विकास अधिकारी ३ सय २२ जनाको एस भोट पाउँदै निर्वाचित हुनु भयो । उहाँलाई विपक्षीमा अर्थात नो भोट गर्नेहरु भने १५ जना रहेका थीए ।
अव लायन्स क्लव अफ इन्टरनेशनल ३२५ सि शर्माको नेतृत्वमा अघी बढ्ने छ ।
यो निर्वाचनमा दमकमा रहेका लायन्स क्लवहरु दुई धूर्वमा धूर्विकरण भएका थीए । एकै पदमा एउटै ठाउँबाट दुईजना उम्मेदवार भएपनि बाध्य भएर दुई चिरामा चिरिएर आफुलाई मन पर्ने उम्मेदवारको प्रमोट कार्यक्रममा दमकका लायन्सकर्मीहरु लाग्नु भएको थियो ।
निर्वाचनको परिणाम आइसकेपछि अव निर्वाचित हुनु भएका थापाले अग्रवालको प्रोमोट गर्ने समुहलाई पनि साथमै लिएर अघी पढ्नुपर्ने देखिन्छ । दुई चिरा भएको दमक लायन्स एकै ठाउँमा आउन अव कति समय लाग्ला त्यो भने हेर्न बाँकी छ ।