ओम शान्त्ती डेण्टलको १५ औ वार्षिक उत्सव सम्पन्न, विभिन्न सस्थाहरुसँग छुटको सम्झौता (भिडियोमा हेरौ)

 

दमक/

झापाको दमक ५ बेलडाँगी रोडमा रहेको ओम शान्त्ती डेण्टल हस्पिटलले स्थापनाको १५ औ वार्षिक उत्सव सम्पन्न गरेको छ ।

आज आफ्नै भवनको प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा सामाजीक व्यक्तित्व रोमनाथ ओलीको प्रमुख आतिथ्यातामा सम्पन्न भएको कार्यक्रममा हस्पिटलले विभिन्न सघं सस्थाहरुसँग अस्पतालमा सेवा लिदा दिइने छुटको पनि सम्झौता गरेको छ ।

ग्लोवल एजुकेशन एकेडमी, क्लव हिमालयन टाईगर, दमक जेसिज, यूवा सघं नेपाल दमक नगर कमिटी, स्मारिका बोर्डिङ, दमक क्याम्पसको स्ववियू, क्याम्पसमा रहेका प्राध्यापकहरुको सघं, रोट्र्याक दमक, लालिगुरास बोडिङ स्कुल, लायन्स क्लव अफ दमक गोल्ड, डि पि एल नेपाल, प्याथ्रोटिक कृकेट ट्रेनिङ सेण्टरहरुसँग छुटको सम्झौता पत्र आदान-प्रदान भएको छ । सस्थका प्रतिनिधीहरुलाई हस्पिटलका सञ्चालक डा. सिपि गैरेले सम्झौता पत्र हस्तान्तरण गर्नु भएको हो ।

दाँतको उपचारको क्षेत्रमा पूर्वि नेपालमै फरक पहिचान बनाइरहेको भन्दै हस्टिलको चर्चा कार्यक्रमका अतिथीहरुले गर्नु भएको थियो ।

दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ, वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराई, कार्यक्रमका प्रमुख अतिथी तथा नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओलीले यसको सेवामा थप गुणस्तरिय बनाउने कुरामा ध्यान दिन सुझाव पनि दिनु भएको थियो ।

हस्पिटलले विभिन्न गाउँ गाउँमा गएर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर गाउँका नागरिकलाई पनि सेवा दिइरहेको र यो कामलाई थप परिस्कृत गर्दै निरन्तर्ता दिइने कार्यक्रम समापनका क्रममा बोल्दै डा. गैरेले उल्लेख गर्नु भयो ।

भिडियोमा हेरौ 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको