शहरभित्रको गाउँको कथा

शहर भित्रको गाउँमा स्वास्थ्य शिविर, दमकको उत्तरी क्षेत्रका नागरिकमा कस्ता स्वास्थ्य समस्या ?

दमक/
झापाको दमक नगरपालिका वडा नं ३ का सर्वसाधरण अझै पनि सहज स्वास्थ्य पहुँचबाट बाहिर नै छन् भन्ने कुराको प्रमाणती भएको छ । यहाँ स्वास्थ्य शिविर गर्दा उपस्थित हुनेको सख्या र बिरामबारे बुझ्न आउने सर्वसाधरणको भिडले पनि । अस्पताल गाउँ नजिकै भएपनि त्यस क्षेत्रका नागरिकहरु अस्पताल जान सकिरहेका छैनन् । विषेश गरि यहाँ ज्यालादारी र मजदुरी गर्ने समुदायका नागरिकहरु दमक बजारमा रहेका अस्पताल सम्म पनि आउन नसकेका हुन ।

उमेरले ८४ वर्ष पुग्नु भएकी चन्द्रमाया बोहोरा र उहाँकी दौतरी ७० वर्षे नरमाया भट्टराई एक अर्काको हात समातेर आफ्नो बिराम जाँच गराउन आउनु भएको थियो । स्थान हो दमक ३ स्थित गोलाटारमा रहेको जनज्योती आधारभूत विद्यालय । यहाँ जेष्ठ नागरिक मात्र होईन हरेक उमेर समुहका र प्राय सबै रोगको निशुल्क जाँचका साथै निशुल्क औषधि पनि वितरण हुदै थियो । यो खवर सुनेर चन्द्रमाया र नरमाया पनि एक अर्काको हात समाएर भएपनि स्वास्थ्य शिविर आउनु भयो । उहाँहरु दुवैजना ग्यस्ट्रिक वा पेट सम्बन्धीको समस्या भएर डाक्रटलाई देखाउन आउनु भएको हो । दुवैजनाले यहाँबाट ७ किलोमिटर दक्षीणमा रहेका अस्पतालमा आएर उपचार गराउन सक्नु भएको छैन । केहि वर्ष अघि एक पटक दमकमा डाक्टरलाई देखाएको भएपनि त्यसयता उहाँहरुले देखाउनु भएको छैन । तर बिराम उस्तै छ । त्यसैले गाउँमै जाँच गरिदिने र औषधि पनि दिनेहरु आएका छन् भन्ने सुनेर आएको दुवैजनाले बताउनु भयो ।


यस्तै यहि ठाउँका ६२ वर्षे पुण्य प्रसाद कार्कीको पनि शारिरीक समस्या छ । दमक बजार सम्म धाउन उहाँले फुर्सद पनि पाउनु भएको थियो । गाउँमा हुने खेतबारीको काम गर्दा गर्दै उहाँले आफ्नो शरिरमा भएको रोगका बारेमा थाहै पाउनु भएन । तर अहिले उहाँलाई पेट दुख्ने विराम लागेको छ । खाना कम रुच्छ । त्यसैले उहाँले गत शनिबार पहिलो पाईला नेपाल दमक शाखाले आयोजना गरेको स्वास्थ्य शिविरमा जाँज गराउन जानु भएको हो ।

पहिलो पाईला दमक शाखाले शनिबार सम्पन्न गरेको स्वास्थ्य शिविर क्षेत्र दमक शहरको उत्तरी क्षेत्रमा पर्ने एउटा ग्रामिण गाउँ हो । यस ठाउँका अधिकांस नागरिक नजिकै रहेको मावा नदिमा आश्रीत छन् । गरिव तथा विपन्न परिवारका समुदाय रहेकोले आफ्नो स्वास्थ्यको मनग्गे ख्याल नगरेको शिवरमा सेवा दिनुभएका भएका निम्स नेशनल हस्पिटलका जनरल फिजिसियन डा. प्रदिप कट्वालले बताउनु भयो ।

शिविरमा सेवा लिन आउने अधिकासंमा स्वासप्रस्वास, दमकको रोगी, सुगर प्रेसर भएका, ग्यास्टिक भएकाहरुले जाँज गराएको उहाँले बताउनु भयो ।


दमक शहर नै भएपनि यस भित्रका गाउँमा बस्नेहरुले शहरको सुविधा चाख्न सकेका छैनन् । यहि कुरालाई मध्यजनर गरेर सस्थाले दमकमा रहेका अस्पताल तथा अन्य किल्नीकसँगको साझेदारीमा स्वास्थ्य शिविर गरेको पहिलो पाईला नेपाल दमक शाखाका अध्यक्ष दिपक खड्काले बताउनु भयो । उहाँले गाउँका विपन्न नागरिकलाई लक्षीत गरेर शिविर आयोजना गरिएकोले त्यहि वर्गले सेवा लिन लिएको प्रतिकृया दिनुभएको छ ।

निम्स नेशनल हस्पिटल प्रालिको प्राविधिक सहयोग तथा दमक नगरपालिका वडा नं ३सँगको सहकार्यमा पहिलो पाईला नेपालले सम्पन्न गरेको शिविरबाट २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।-

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको