‘पावर र सेटिङका भरमा सञ्चालन

दमकमा स्वास्थ्य मन्त्रीले उद्धघाटन गरेको अस्पतालनै अवैद्यानिक, २५ बेड भनिएको अस्पतालमा डाक्टरनै भेटिएनन्

 

दमक/
एक वर्ष अघी निकै ताम झामका साथ उद्धघाटन गरिएको अस्पताल हो होम्ताङ आयूवेर्दिक अस्पताल दमक । कोशी प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री जयराम यादवले यसको उद्धघाटन गर्नु भएको थियो । यस्ता अस्पतालमा मन्त्री तथा नेताहरुलाई ल्याएर उद्धघाटन गराउँदा हामी सबैथोकमा ठीक ठाक छौ भन्ने सन्देश दिनु हो तर होम्ताङ आयूर्वेदिक अस्पताल दमकले भने बिभागीय मन्त्रीलाईनै ल्याएर उद्धघाटन गरेपछि दर्ता गर्नै नपर्ने रहेछ भन्ने सन्देश दिएको छ ।

यो अस्पताल अस्पतालको रुपमा सञ्चालन गर्ने भनेर अहिले सम्म कुनै पनि सरकारी निकायबाट अनुमिती नलिएको रहस्य खुलेको हो । यो रहस्य आज दमक नगरपालिकाको टोलीले अनुगमन गर्ने क्रममा पत्ता लागाएको हो ।

नगरकी उप प्रमुख तथा अनुगमन समिती संयोजक समेत रहनु भएकी रेगिना भट्टराई प्रसाईको टोलिले अनुगन गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

‘। कम्पनी दर्ता गरेर अस्पताल सञ्चालन गरेको देखियो , २५ बेडको भनिएको सो अस्पतालमा डाक्टरहरु पनि भेटिएनन् , अस्पतालका ओपिडी तथा भिडियो एक्सरे कक्ष समेत बन्द अवस्थामा भेटियो ।’अनुगमन पछि उज्यालो खवरलाई जानकारी दिदै भट्टराईले भन्नु भयो ‘यत्तीका धेरै लगानी गरेर सञ्चालन गर्नेहरुले आवश्यक प्रकृया पुरा गरि अनुमती लिएर ढुक्कका साथ चलाउनु पर्नेमा हेलचेक्राई गरेको पाइयो । उहाँले बताउनु भयो ।

यसै गरिअनुगमनका क्रममा दमक ६ जेसीज चोक नजिकै रहेको दमक सौर्यले अस्पतालमा आवश्यक पूर्वाधार तथा भौतिक संरचना समेत निर्माण नगरेको भेटिएको उहाँले जानाकरी दिनु भयो । ‘अस्पतालले एउटा साँघुरो कोठामा ६ बेड सञ्चालन गरेर बिरामी भर्ना लिइरहेको छ । अस्पताल सञ्चालनको स्विकृति दिन योग्य संरचना नभएको र न्यूनतम मापदण्ड उल्लंघन गरेर सञ्चालन भइरहेको भेटियो’ उप प्रमुख भट्टराईले बताउनु भयो ।

 

स्वास्थ्य संस्था मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अति संवेदनशील क्षेत्रमा लापरवाही गर्ने छुट कसैलाई नभएको बताउँदै तत्काल स्थानीय सरकारले एक्सन लिने चेतावनी पनि उहाँको रहेछ । यो काम अव निरन्तर रहने र अन्य क्षेत्रको पनि अनुगमन क्रमश गरिने उहाँको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको