सहकारीबाट समृद्धि

रगत चाहिदा रेडक्रसमा तिर्नुपर्ने शुल्क अव सहकारीले तिरिदिने(भिडियो सहित)

 

दमक/
अहिले कोहि पनि मानीस बिरामी भएर रगत चाहिइएमा रेडक्रसबाट लिन सकिन्छ । रेडक्रसले त्यहाँ फ्रिजिङ गरेर राखेको, झोलाको तथा अन्य विभिन्न सेवा शुल्क जोडेर पैसा लिने गरिन्छ । दमक रेडक्रसले यो सेवा दिए बापत प्राविधिक खर्च भन्दै ९ सय ५० प्रति पिण्ट रगतको पैसा लिने गर्छ ।

अव यो शुल्क भने दमकका रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले तिरिदिने भएको छ । सस्थाले आफ्ना शेयर सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अति आवश्यक रगतको पैसा अव सस्थालेनै तिरिदिने सस्थाका कर्जा शाखा प्रमुख इस्वर नेपालले जानकारी दिनुभयो ।

रगत अभावका कारण कोहि कसैको अकालमै मृत्यू नहोस भन्नकालागि सस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष बृहत रक्तदान गर्दै आएको छ ।
यो पटक पनि सस्थाले आफ्नो स्थापनाको १४ औ वार्षिक उत्सवको अवसर पारेर शनिबार रक्तदान गर्यो । सस्था मार्फत नियमित रक्तदान गर्ने ६ जनाहरुलाई सम्मान पनि गरियो ।
सम्मानीत हुनुहुनेहरुमा किशोर नेपाल , बिजयमणी थपलिया, दिनेश पंडीत, रञ्जना श्रेष्ठ बस्नेत, सन्दिप अग्रवाल र केदार आचार्य रहनु भएको छ ।

यसरी रक्तदान गर्नेहरुलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गर्दा रक्तदान गर्न झन मनोवल बढेको सम्मानीत हुनु भएका मध्ये एक केदार आचार्यले प्रतिकृया दिनु भएको छ ।
१ सय ५५ जनाले गरेको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने रेडक्रस दमक उप शाखालाई सस्थाले दुई थान फोल्डिङ डोसर कुर्सी पनि प्रदान गरेको छ ।
सस्थाका अध्यक्ष टिकाराम सापकोटा लगायत अन्य प्रतिनिधीहरुले रेडक्रसको रक्तसञ्चार शाखाका प्रमुख सिदार्थ दाहाललाई सो कुर्सी प्रदान गर्नु भएको थियो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको