दमक/
अहिले कोहि पनि मानीस बिरामी भएर रगत चाहिइएमा रेडक्रसबाट लिन सकिन्छ । रेडक्रसले त्यहाँ फ्रिजिङ गरेर राखेको, झोलाको तथा अन्य विभिन्न सेवा शुल्क जोडेर पैसा लिने गरिन्छ । दमक रेडक्रसले यो सेवा दिए बापत प्राविधिक खर्च भन्दै ९ सय ५० प्रति पिण्ट रगतको पैसा लिने गर्छ ।
अव यो शुल्क भने दमकका रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले तिरिदिने भएको छ । सस्थाले आफ्ना शेयर सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अति आवश्यक रगतको पैसा अव सस्थालेनै तिरिदिने सस्थाका कर्जा शाखा प्रमुख इस्वर नेपालले जानकारी दिनुभयो ।
रगत अभावका कारण कोहि कसैको अकालमै मृत्यू नहोस भन्नकालागि सस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष बृहत रक्तदान गर्दै आएको छ ।
यो पटक पनि सस्थाले आफ्नो स्थापनाको १४ औ वार्षिक उत्सवको अवसर पारेर शनिबार रक्तदान गर्यो । सस्था मार्फत नियमित रक्तदान गर्ने ६ जनाहरुलाई सम्मान पनि गरियो ।
सम्मानीत हुनुहुनेहरुमा किशोर नेपाल , बिजयमणी थपलिया, दिनेश पंडीत, रञ्जना श्रेष्ठ बस्नेत, सन्दिप अग्रवाल र केदार आचार्य रहनु भएको छ ।
यसरी रक्तदान गर्नेहरुलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गर्दा रक्तदान गर्न झन मनोवल बढेको सम्मानीत हुनु भएका मध्ये एक केदार आचार्यले प्रतिकृया दिनु भएको छ ।
१ सय ५५ जनाले गरेको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने रेडक्रस दमक उप शाखालाई सस्थाले दुई थान फोल्डिङ डोसर कुर्सी पनि प्रदान गरेको छ ।
सस्थाका अध्यक्ष टिकाराम सापकोटा लगायत अन्य प्रतिनिधीहरुले रेडक्रसको रक्तसञ्चार शाखाका प्रमुख सिदार्थ दाहाललाई सो कुर्सी प्रदान गर्नु भएको थियो ।
भिडियोमा हेरौ