"पर्या पर्यटन विकासमा चासो"

दमकको पशुपति सिमसार ताल बन्न सक्ला त नगरकै उत्कृष्ट पर्यटकिय गन्तव्य (भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक ३ स्थित ढुकुरपानी चोकबाट १ सय मिटर उत्तर गएपछि पूर्व लाग्ने बाटो आउँछ । त्यहाँबाट करिव २ सय मिटर पूर्वको ग्रावेल बाटो गयो भने ठ्याक्कै पशुपति सिमसार ताल पुगिन्छ ।

यहाँ अहिले राष्ट्रिपति चुरे तराई मधेस समृद्धि विकास परियोजना अन्तर्गत यसको घेराबाराको काम भइरहेको छ । यस अघी पनि यो तालको संरक्षण गर्न भन्दै दमक नगरपालिका र वडा कार्यालयले लगानी गरेका थिए ।

सडकको उत्तर र दक्षिण तर्फ फैलिएको यो तालमा बोटिङको पनि परिक्षण गरिएको थियो । तर वरीपरि घेराबारा नगरिएको हुनाले ती बोटिङ असुरक्षीत भएर हटाइएको छ ।

तालको वरी परि लकिङ टायल लगाउने र पैदल यात्रा गर्न मिल्ने गरिको पेटि निर्माण हुँदै छ । यसको डिलमा विभिन्न प्रकारका फूलहरु रोपेर यहाँ आउने आगन्तुकलाई आकर्षित गर्ने योजना बनाइएको छ ।

तर यो ताल कस्तो बनाउने भन्ने बारेमा अहिले सम्म डि पि आर भने बनेको छैन । आगामी वर्ष यसको डिपिआर बनाएर त्यहि अनुसार निर्माण गरि यसलाई नगरकै एक प्रमुख पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखीएको छ ।

यो ठाउँको चर्चा र भावी योजनाबारेमा यो वडाका वडाध्यक्ष नबिन बरालले दिनुभएको जानकारीको भिडियो सन्देश यहाँ राखीएको छ ।

 

Share: