दमक/
१६ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
तर झापा दमक ९ का सविन राईलाई गणतन्त्र दिवसको कुनै रौनक छैन । राज्यले आज गणतन्त्र दिवस स्थापना भएको अवसरमा भव्यरुपमा मनाउन भन्दै सार्वजनिक विदा नै दिएको छ । तर उहाँलाई न यो विदाले छोएको छ न गणतन्त्र दिवसले केहि नै दियो । उहाँमा यस प्रति नैरास्यता मात्रै थप्यो ।
आफ्नै देशमा काम काम नपाएर उहाँ परदेशीनु भयो । केहि वर्ष परदेशमा बसेर आएपछि पनि उहाँको जीवनमा खास सुधार आउन सकेन । अहिले दमकमा उहाँ सिटि सफारी चलाएर जिविको पार्जन गरिरहनु भएको छ ।
‘गणतन्त्र दिवसले तपाईलाई के दियो’ भनेर उज्यालो खवरले सोधेको प्रश्नमा उहाँ भन्नु हुन्छ ‘खै हामीलाई त के दिनु र माथीका नेताहरुलाई चाहि यसले दियो होला ’ यती भन्दै गर्दा उहाँको मुहारमा मन्द मुस्कान त देखिन्थ्यो तर नैरास्यता प्रस्टै झल्कन्थ्यो । उहाँ थप्नु हुन्छ ‘हामीले त महगी पायो, रोजगार छैन, जताततै सोर्स फोर्स मात्रै चाहिन्छ । हामीले पाएको त यस्तै त होला ’
पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको थियो। जनआन्दोलन ०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
यस्तो ऐतिहाँसक दिनको उपलब्धी जनताले उल्लासमय तरिकाले मनाउनु पर्ने हो तर त्यस्तो अवस्था भने छैन । सर्वसाधरणमा यसको कुनै उल्लासनै छैन । दमक ८ का गोपाल प्रसाद खतिवडा यहाँ मजदुरी गरेर परिवार पालीरहनु भएको छ । परिवारको संख्या ठुलो छ गरिखान निकै गाह्रो छ । ‘गणतन्त्रले हामीलाई यस्तै यस्तै दियो ।’ उहाँले व्याङ्ग्य गर्दै भन्नु भयो । मजदुरको पक्षमा सरकारले खास अनुभूति हुनेगरि केहि गर्न नसकेको र मजदुरको रोजगारीको सुरक्षाको ज्ञारेण्टि हुने गरिको निती बनाइदिन उहाँले माग गर्नु भएको छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ।
यो दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनको रूपमा मनाइने गरिएको छ।
राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही कदम चालेपछि संसद्वादी दल र माओवादीबीच कार्यगत एकता भयो। फलस्वरूप २०६२ मङ्सिरमा संसद्वादी दल र माओवादीबीच १२ बुँदे समझदारी भई पूर्ण लोकतन्त्र स्थापना निम्ति आन्दोलन शुरू भयो।
उज्यालो खवरको उज्यालो जनतममा हामीले तपाईलाई गणतन्त्रले के दियो भनेर सोधेका छौ । त्यो प्रश्नको जवाफको भिडियो यहाँ राखीएको छ ।