"दुर्घटना"

 झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा /   झापाको कन्काई नगरपालिका–१, चुके कल्भर्टमा आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेका छन् । बाटो पार गर्दै गरेका उनलाई आज बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उपचारको लागि विर्तासिटी अस्पताल पुर्‍याउनासाथ दिपराजलाई डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमणीले नियन्त्रणमा लिएको बताइएको छ ।

 

Share: