दमक/
स्थानिय स्तरमा रोजगार र स्वरोजगारी सिर्जना गरेको भन्दै नेपाल सरकारको राष्ट्रपति महिला उद्यमी सम्मुन्नत पुरस्कारद्धारा दमककी भूमिका दाहाल पोखरेल सम्मानीत हुनु भएको छ ।
आज महिला बालबाबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत उहाँलाई एक विषेश कार्यक्रमको आयोजना गरि काठमाडौमा सम्मान गरिएको हो ।
‘स्थानिय श्रोत साधनको प्रयोगबाट दमक ८ मा भूमिका सिपमुलक तालिम केन्द्र स्थापना गरि स्थानीय स्तरमा स्वरोजगार र रोजगारी सिर्जना गरि आर्थिक विकास र समृद्धिमा पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै कोशी प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौट हुनुभएकोमा पाँचौ राष्ट्रिय महिला दिवस २०८० को अवसरमा सम्मान गरिएको छ । ’ दाहालले पाउनु भएको सम्मान पत्रमा लेखिएको छ ।
उहाँलाई नगद १ लाख रुपैँया नगद राशी सहित ताम्रा पत्रमा लिखित सम्मान पत्र , दोसल्ला ओडाएर विभागीय मन्त्री सुरन्द्रराज आचार्यले सम्मान गर्नु भएको हो ।