दमक/
झापाको दमक चोकमा ६ दिन देखी एक थुप्रो फोहोर थुपारीएको थियो । यो फोहोर यहाँका स्थानिय व्यापारीले भने फालेको होईनन । दमकको मुख्य चोकबाट दक्षिण तर्फ किरात चोक जाने सडकको कर्नरमै फोहोरको थुप्रो थुपारिएको थियो ।
यो ठाउँमा फोहोर थुपार्न नपाईने भनेर बोर्डनै लेखेर सचेत गरिएको भएपनि यहाँ राती राती बाहिरबाट फोहोर ल्याएर फाल्ने गरिएको स्थानिय व्यापारीले बताएका छन् ।
‘कहाँबाट कस्को फोहोर यहाँ आउँछ पत्ता लगाउनै पाइएन , फोहोर थुप्रीएका कारण चोक दुर्घन्धित हुदा पनि सरोकारवालाको ध्यान गएन ।’ स्थानिय व्यवसायीले फोहोर उठ्नु अघी उज्यालो खवरलाई दिएको प्रतिकृया हो यो ।
सामाजीक अभियान्ता गणेश गौतमले बाहिरबाट ठेलाबाट ल्याएर फोहोर फाल्ने गरेको बताउनु भयो । तर त्यसको पहिचान हुन नसकेका कारण यसैको फोहोर हो भन्ने यकीन हुन भने गाह्रो भएको बताउनु भयो । यसरी सार्वजिनक स्थानमा फोहोर फाल्द नगरकै सौन्दर्यमा प्रश्न चिन्ह खडा भएको उहाँको भनाई छ ।
दमक नगरपाकिलामा फोहोर उठाउँने जिम्मा नेक्स्ट इरा इनर्जीको छ । यसले दमकका सबै क्षेत्रको फोहोर दैनिक रुपमा संकलन गर्ने सम्झौता दमक नगरपालिकासँग गरेको छ । तर उसलाई कुहिने र नकुहिने फोहोर बर्गिकरण गरेर राखीदिनु पर्ने तथा सार्वजनिक एवं खुल्ला स्थानमा फोहोर छरपस्ट पारेर फाक्न नपाइने, डस्विन वा बोरामा हालेर राखीएको फोहोर मात्रै यसले संकलन गर्ने गर्छ ।
दमक चोकमा विगत ६ दिन देखी वेवारिसे फोहोर भएको र सार्वजिनक स्थानमा फाकीएको हुँदा यसको जवाफदेहिता स्थानियवासी वा व्यवसायीमै हुनुपर्ने अडान राख्दै कम्पनीले फोहोर नउठाएको यसका प्रबन्ध निर्देशक बिमल खतिवडाले बताउनु भयो ।
यहाँ फोहोर फाल्नेको पहिचान भइरहेको र त्यसलाई कार्वाहिको दायरामा ल्याउने गरिका कदम चालिने भइएपछि आफुहरुले फोहोर उठाएको प्रतिकृया उहाँले दिनु भएको छ ।
दमकमा आगामी साउन देखी फोहोर संकलनमा थप कडी कडाई गरिने समेत जनाइएको छ । दमक सफा राख्न नगरपालिका, फोहोर संकलन गर्ने कम्पनीको सकृयताले मात्रै सम्भव नहुने भएकोले यसमा सबै नागरिकको भूमिकालाई समेत प्रभावकारी रुपमा सकृयता बनाउने गरिको रणनिती बन्न लागेको जनाइएको छ ।
भिडियोमा हेरौ









