पार्टि सञ्चालनकालागि चन्दा संकलन

माधव नेपालको पार्टिले जनताबाट चन्दा संकलन गर्ने अभियान चलाउने

दमक/
नेकपा एकिकृत समाजवादी पार्टिका अध्यक्ष माधव कुमार नेपालले जनताको घर घरमा गएर चन्दा संकलन गर्ने योजना सार्वजनिक गरेका छन् ।

सोमबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सम्पन्न भएको नेपाल खेलकुद महासघं प्रदेश १ कमिटीले खेलाडीहरुको प्रदेश भेला लाई सम्बोधन गर्दै नेपालले पार्टिलाई देशब्यापी बनाउने र जनताको घर घरमा जाने योजना सार्वजनिक गर्दै गर्दा पार्टि सञ्चालन गर्न आवश्यक रकम जनताबाटै संकलन गर्ने योजना पनि सार्वजनिक गरेका हुन ।

पार्टिको चुनाव चिन्ह कलम अंकीत स्टिकर लिएर टोल टोलमा जाने र जनताबाट स्वःइच्छा अनुसारको आर्थीक सहयोग लिने उनको उद्धघोष थियो । ‘पचास, सय, हजार, दश हजार, लाख जस्ले जती दिन्छन् त्यति लिने तर कसैलाई दवाव दिएर यती र उती दे भनेर चाहि नभन्ने’ उनले सम्धोनका क्रममा बताए ।

फरक प्रसङ्गगमा बोल्दै उहाँले झापाको दमकमा पनि आफ्नो पार्टिका समर्थकको भिड देखेर आफु दंग भएको समेत बताए ।

केपी ओलीको गृह नगर रहेकोले ओलीलाई नै इङ्गित गर्दै उनले झापामा समाजवादीको लहर कस्तो रहेछ भन्ने कुरा देखाइदिएको भन्दै उनले भने ‘झापा एमालेको मात्रै लाल किल्ला हो भन्ने भ्रम कसैलाई हुन सक्छ तर त्यो अव हैन रहेछ भन्ने कुराको प्रमाणित यही भिडले देखाइदिएको छ । ’


फरक प्रसंगको बोल्दै उहाँले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेशको नामाकरण तुरुन्तै गर्न निर्देशन पनि दिए ।

देशभरका सात प्रदेश मध्ये ५ वटाले आ आफ्नो नामकरण गरिसकेको बताउँदै उनले प्रदेश १ र २ किन पछी परेको भन्दै प्रश्न पनि गरे ।

मुख्यमन्त्री राईलाई हेर्दै उनले ‘सबैलाई अटाउने , सबैको साझा फूलबारी हुने गरिको, विवाद रहित नाम राखीहाल्नुस । मौका यहि हो ।’


खेलाडीहरुको प्रदेश भेला भएकोले कार्यक्रममा विभिन्न बिधाका खेलाडीहरुले आ-आफ्नो प्रस्तुती समेत देखाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा