पार्टि सञ्चालनकालागि चन्दा संकलन

माधव नेपालको पार्टिले जनताबाट चन्दा संकलन गर्ने अभियान चलाउने

दमक/
नेकपा एकिकृत समाजवादी पार्टिका अध्यक्ष माधव कुमार नेपालले जनताको घर घरमा गएर चन्दा संकलन गर्ने योजना सार्वजनिक गरेका छन् ।

सोमबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सम्पन्न भएको नेपाल खेलकुद महासघं प्रदेश १ कमिटीले खेलाडीहरुको प्रदेश भेला लाई सम्बोधन गर्दै नेपालले पार्टिलाई देशब्यापी बनाउने र जनताको घर घरमा जाने योजना सार्वजनिक गर्दै गर्दा पार्टि सञ्चालन गर्न आवश्यक रकम जनताबाटै संकलन गर्ने योजना पनि सार्वजनिक गरेका हुन ।

पार्टिको चुनाव चिन्ह कलम अंकीत स्टिकर लिएर टोल टोलमा जाने र जनताबाट स्वःइच्छा अनुसारको आर्थीक सहयोग लिने उनको उद्धघोष थियो । ‘पचास, सय, हजार, दश हजार, लाख जस्ले जती दिन्छन् त्यति लिने तर कसैलाई दवाव दिएर यती र उती दे भनेर चाहि नभन्ने’ उनले सम्धोनका क्रममा बताए ।

फरक प्रसङ्गगमा बोल्दै उहाँले झापाको दमकमा पनि आफ्नो पार्टिका समर्थकको भिड देखेर आफु दंग भएको समेत बताए ।

केपी ओलीको गृह नगर रहेकोले ओलीलाई नै इङ्गित गर्दै उनले झापामा समाजवादीको लहर कस्तो रहेछ भन्ने कुरा देखाइदिएको भन्दै उनले भने ‘झापा एमालेको मात्रै लाल किल्ला हो भन्ने भ्रम कसैलाई हुन सक्छ तर त्यो अव हैन रहेछ भन्ने कुराको प्रमाणित यही भिडले देखाइदिएको छ । ’


फरक प्रसंगको बोल्दै उहाँले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेशको नामाकरण तुरुन्तै गर्न निर्देशन पनि दिए ।

देशभरका सात प्रदेश मध्ये ५ वटाले आ आफ्नो नामकरण गरिसकेको बताउँदै उनले प्रदेश १ र २ किन पछी परेको भन्दै प्रश्न पनि गरे ।

मुख्यमन्त्री राईलाई हेर्दै उनले ‘सबैलाई अटाउने , सबैको साझा फूलबारी हुने गरिको, विवाद रहित नाम राखीहाल्नुस । मौका यहि हो ।’


खेलाडीहरुको प्रदेश भेला भएकोले कार्यक्रममा विभिन्न बिधाका खेलाडीहरुले आ-आफ्नो प्रस्तुती समेत देखाएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु