धनकुटामा पानीको हाहाकार

GettyImages-1242436432

धनकुटा /  पानी ल्याउन प्रयोग गरिएको पम्प र पाइपलाइन जलेपछि धनकुटा बजारमा खानेपानीको हाहाकार भएको छ । धनकुटा नगरपालिका वडा नम्बर ३ सेउलेस्थित वाग्ले सामुदायिक बन र देब्रेवासको बनमा डढेलो लागेका कारण खानेपानीको करिब तीन किलोमिटर पाइप लाइनमा क्षति पुगेको थियो । उक्त क्षतिका कारण पानि वितरण हुन नसक्दा स्थानीय मारमा परेका छन् ।

बञ्चरे खोलाबाट ‘पम्पिङ’ गरेर पानी ल्याउन प्रयोग गरिएको नौ वटा पम्प पनि विद्युत गडबडीका कारण जलेपछि धनकुटामा दुई सातादेखि खानेपानी वितरणमा समस्या आएको हो । जसका कारण बजारमा खानेपानीको चरम अभाव छ । स्थानियलाई धनकुटा नगरपालिकाको  पानीको दमकलबाट पानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या टार्न दमकलबाट घरघरमा पानी पुर्याउन थालिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।

बजारमा पानीको हाहाकार भएपछि स्थानीयमा सङ्कट भएको हो । धनकुटा नगरपालिकाले मङ्गलबारबाट धारामा नियमित पानी नआउँदासम्मका लागि वैकल्पिक रुपमा दमकलबाट पानी वितरण गर्न सुरू गरेको छ ।

‘‘जतिसक्दो चाँडो नियमित पानी वितरणका लागि हामी लागि परिरहेका छौं । दिनरात नभनी काम भइरहेको छ, जलेको पाइप फेर्ने काम सकिएको छ, बिग्रिएको पम्प पनि बनाउँदै गरेकाले चाँडै धारामा नियमित पानी आउँछ,’’ नगर प्रमुख एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ्ग भन्नुभयो, ‘‘सबैतिर धारामा नियमित पानी नजाँदासम्म दमकलबाट पानी वितरण गछौँ ।’’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन