यूवा सघंको विरोध कार्यक्रम

दमकमा साँझ जव एकोहोरो संख्ख बज्यो, ‘प्रधानमन्त्रीको भारत उडान अघी नागरिकता विधेयक प्रमाणति गर्नुको रहस्य के ? (भिडियोमा हेरौ)

rake julus 1

 

दमक/
दमकको चोकमा आज साँझ एका एका एकोहोरो शङख बजाउदै यूवाहरुको केहि समुह भेला भइरहेका थीए । भेला हुन आउने यूवाहरुले हातमा एक एक वटा आगो बाल्ने पुल्ठो पनि बोके ।

उनीहरुको बिचमा एउटा हेर्दा लाश जस्तै देखिने बस्तु पनि लडाइएको थियो । त्यो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको पुत्ला रहेछ । त्यसमा केहि यूवाहरुले मट्टितेल खन्हाएर भिजाए । आ-आफुले बोकेको पुल्ठोमा पनि मट्टितेल लगाए । सामुहिक रुपमा पुल्ठो बाले । साँझ झमक्कै परिसकेको थियो । एक्कासी सबै पुल्ठोको आगो बल्दा त्यहाँ उज्यालोको चमक आयो ।

सहभागी सबैजनाले हात हातमा बोकेको पुल्ठो बोक्दै गणतन्त्र चोक तर्फ लम्के । नारा लगाए ‘देश बेच्न पाइदैन, प्रचण्ड सरकार मुर्दावाद, नागरिकता विधेयक प्रमाणिकरण फिर्ता गर, लम्पसारवाद सरकार मुर्दावाद । ’

यूवा सघं दमक नगर कमिटले आज अचानक नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणित गरेको विरोधमा मसाल जुलुस निकालेको थियो ।
उनीहरुले सरकारका विरुद्धमा चर्का नारा लगाए भने गणतन्त्र चोकमा कोणसभा गरे । उनीहरुले बालेको आगोको पुल्ठो चोकमा आएपछि यस अघी बोकिएको राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला सडकको चोकको बिचभागमा दहन गरे ।
यस क्रममा सुरक्षार्थ खटिएका प्रहरीहरुले बलिरहेको पुल्ठा खोस्दै आगो लगाइएको पुत्लालाई पानी हालेर निभएका थिए । र सबै ती समान पूणर् नजली प्रहरीले जफत गर्यो ।
चोकमा आयोजित सो कोणसभामा नेकपा एमालेका केन्द्रिय सदस्य रोम ओलीले अहिलेको सरकारसँग नागरिकको अपेक्षा केहि नभएपनि सरकारले राष्ट्रियता माथीनै कुठाराघात गरेको भन्दै टिप्पणी गर्नु भयो ।
‘प्रधानमन्त्री प्रचण्ड भारत उड्नु अघी नागरिकता विधेयक प्रमाणिकरण गरेर के सन्देश दिन खोजेको हो त्यो जनताले बुझेका छन् । भारतसामु यती सम्मको लम्पसार नपरेको भए जाती हुने थियो । ओलीले बताउनु भयो ।

राके जुलुसको भिडियोमा हेरौ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन