दमक/
राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गरेको नागरिकता विधेयक प्रमाणिकरणलाई ‘राष्ट्रघाती’ भन्दै टिप्पणी गर्नु भएको छ ।
आज झापाको दमकमा पार्टिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो ‘प्रधानमन्त्री भारत उड्नु अघी विधेयक प्रमाणिकरण गरेर सरकारले राष्ट्रघाती काम गरेको छ । ’
‘नेपालका अनागरिकहरुले नागरिकता पाउनु हुँदैन भन्ने कुरा आफुहरुले नगरेको तर पाउनु पर्छ भन्दै गर्दा विदेशीलाई पनि सजिलै नागरिकता दिनु पर्छ भन्ने कुरामा हाम्रो विरोध हो ।’ अध्यक्ष लिङदेनले सरकारले भारतलाई खुसी बनाउन गरेको यो कामले राष्ट्र र राष्ट्रियता माथी खेलवाड गरेको भन्दै त्यसको चर्को आलोचना गर्नु भएको छ ।
भिडियोमा हेरौ
भारतमा प्रधानमन्त्रीको स्वागतप्रति ज्ञानेन्द्र शाहिको टिप्पणी, ‘हैसियत अनुसारको स्वागत ठीक छ’
देशमा जतिबेला शाहि सरकार थियो त्यसबेला नेपालको मान र सम्मान कति उच्च थियो भन्ने कुरा भारतबाटै हेरे पुग्छ । पहिला पहिला भारतले आफ्नो स्थापना दिवस मनाउँदा नेपालका सरकार प्रमुख अर्थात राजालाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गर्दथ्यो । तर अहिले सरकारका प्रमुख व्यक्ति जाँदा एउटा राज्यमन्त्रीले स्वागत गर्छन । अव भन्नुस हाम्रा नेताको हैसियत कस्तो रहेछ ?
यो प्रश्न राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रवक्ता तथा प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहिको हो । झापाको दमकका पार्टिको क्षेत्रिय समितीले आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै शाहिले भन्नु भयो ‘ भारतले प्रचण्ड सरकारलाई गरेको अपमान राष्ट्रलाई गरेको अपमान हो यो अपमान हामी नेपालीले कहिलै विर्सन सक्दैनौ ’
भिडियोमा हेरौ