दमक/
झापाको दमक ५ मा रहेको धनेस्वर महादेव पाञ्चायन मन्दिरमा लगाइएको पुराणको आय-व्यय सार्वजनिक गरिएको छ ।
गत फागुन २ गते देखी ८ गते सम्म लगाइएको श्रीमद् अग्नि महापुराण ज्ञान महायज्ञमा कुल १० लाख ३७ हजार १ सय ७८ रुपैँया आम्दानी भएको मन्दिरले जानकारी दिएको छ ।
मन्दिर व्यवस्थापन समितीका सचिव एकराज लुईटेलका अनुसार विभिन्न चन्दा दाता, भक्तजन तथा पुराण श्रवण गर्न आउनेहरुले दिएको कुल रकम १० लाख ३७ हजार १ सय ७८ हो र यसबाट पुराण सम्पन्न गर्न ४ लाख ८५ हजार ८ सय १५ रुपैँया खर्च भएको छ । यसर्थ यो पुराणबाट मन्दिरले ५ लाख ५१ हजार ३ सय ६३ रुपैँया बचत गरेको छ ।
बचत भएको यो रकमबाट मन्दिरभित्रका अधुरा संचरना निर्माण गरिने समिती अध्यक्ष रुद्र कार्कीले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
पुराणमा सहयोग गर्नुहुनेहरुमा दमक ५ का जय तथा कृष्ण कुमारी बोहोराबाट १ लाख ५१ हजार १ सय ११, कमल गाउँपाकिलाका अरुण भण्डारीबाट २१ हजार १० रुपैँया, दमक ५ का सरोज थापाबाट २० हजार ५ सय ५, दमकक वडा नं ५ र २ मा पर्ने नवदुर्गा किर्तन मण्डलीबाट १५ हजार ५ सय ५५, कमल २ का यादव प्रसाद न्यौपानेबाट ११ हजार १ सय ११, , दमक ५ का रोनिस तथा श्रेहन रेग्मिबाट ११ हजार १ सय १० रुपैँया, दमक ८ निवासी योगराज तथा चित्ररेखा सुवेदिबाट ११ हजार १ सय रुपैँया, दमक ५का गन बहादुर तथा प्रवाह अधिकारीबाट ११ हजार, दमक ५ कै डाक बहादुर रिमालबाट १० हजार १ सय १९, शैलेन्द्र तथा रिता श्रेष्ठको तर्फबाट १० हजार पाँच रुपैँया लगायत अन्य भक्तजन तथा दर्शनार्थीको सहयोगमा उल्लेखीत सहयोग रकम जम्मा भएको हो ।
यो मन्दिरमा कोशी प्रदेशकै सबै भन्दा अग्लो शिवजीको प्रतिमा बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । मन्दिरको सभाहलको माथील्लो तलमा गुरुगृह , मन्दिरको प्राङ्गणमा सरक्षीत पाक घर निर्माण तथा अन्य शौन्दर्यका कामहरु गर्न आवश्यक रहेको जनाइएको छ । यहाँ आवश्यक पर्ने सबै संरचना निर्माण गरि सक्न करिव २ करोड बजेट अझै आवश्यक पर्ने अध्यक्ष कार्कीको अनुमान छ ।