दमक/
डा. डि एन एस ढकाल जो भुटान नेशनल डेमोक्रेटि पार्टिका कार्यवहाक अध्यक्ष हुनुहुन्छ । उहाँले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले सक्कली भुटानी शरणार्थीलाई एउटा अवसर प्रदान गरेको बताउनु भएको छ ।
भुटान नेपाल फाण्डेशनको कार्यालयमा उज्यालो खवरसँगको संक्षिप्त कुराकानीका क्रममा उहाँले यो बेलामा अव बाँकी रहेका शरणार्थीलाई तेस्रो देशहरुले पनि पूः न विचार समेत गरेर नलैजाने भएकोले स्वदेश फिर्ताको मुद्धा थप शशक्त बनाउन पर्ने बताउनु भयो ।
‘अहिले शिविरमा बसेकाहरुको अवस्था अत्यन्तै दयनिय छ । काम गर्न स्थानिय बजारमा जाँदा सहज रुपमा काम पाइदैन । आम्दानीको श्रोत छैन । दातृ निकायले दिने सहयोग सबै कटौति गरेको छ । विदेशमा भएका आफन्तले पठाइदिएको रेमिटान्सको भरमा उनीहरु बाँची रहेका छन् ।
डा. ढकालले भन्नु हुन्छ ‘यो अवस्थामा नेपालका नागरिक समाजले ठुलो डेलिगेसन टिम बनाएर विषेश गरि भारत सरकारसँग वार्ता गर्न जान पर्छ र यो मुद्धालाई थप अन्तराष्ट्रियकरण गरिन पर्छ ।
भुटानको अधिकाशं विदेश निती भारतमा आधारित र केन्द्रित भएकोले यो समस्याबाट भारत पर हुनै नसक्ने उहाँको भनाई छ ।
भिडियोमा हेरौ ।