सुनौलो अभियानद्धारा दमकमा रक्तदान

FB_IMG_1638792958715

दमक/
सुनौलो नेपाल अभियानले सोमबार झापाको दमकमा रक्तदान सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत समाजले दमक स्थित गणतन्त्र चोकमा रक्तदान गरेको हो । दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीको प्रमुख आतीथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका थीए ।

रगतको अभावमा कोहि पनि महिलाको ज्यान जान नपरोस भनेर यस प्रकारको कार्यक्रम आयोजना गरिएको समाजकी अध्यक्ष लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो ।

घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ अभियन गत नोभेम्बर २५ तारिख देखी आगामी डिसेम्बर १० तारिख सम्म सञ्चालन हुने छ । अभियान अन्तर्गत दमकमा हरेक दिन विभिन्न सघं सस्थाहरुले लैङ्गीक हिंसा विरुद्धका कार्यक्रमहरु गरिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन