संखुवासभा : १३२ मेगावाट बिजुली थपिदैँ

bijuli-takura-750x375

संखुवासभा : संखुवासभाको भोटखोला गाविसमा पर्ने अरुण उपत्यकाको एक भागमा १३२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ ।सम्भाव्यता अध्ययनपछि तल्लो वरुण जलविद्युत आयोजना निर्माण थाल्न एम्पिक इनर्जी प्रालिले स्वीकृति मागेको विद्युत विकास विभागले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गर्दै ‘रन अफ दी रिभर’ (बहावमा आधारित) आयोजना निर्माण प्रस्ताव गरिएको हो ।

५ वर्षमा निर्माण पुरा हुने भनिएको आयोजनाको अनुमानित लागत २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ छ ।

विभागका अनुसार आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययन छ । बाँधस्थलबाट प्रत्येक महिना नदिको बहाव ५० प्रतिशत छाड्न प्रस्ताव गरिएको छ ।

१८.४४ घनमिटर प्रति सेकेन्ड डिजाइन डिस्चार्ज रहेको आयोजनाका लागि खोलाको पानी फर्काउन २० मिटर चौडाइ र ५ मिटर उचाइको बाँध निर्माण गर्ने प्रस्ताव छ । आयोजनाको विद्युतगृहमा ६ वटा भर्टिकल टर्बाइन रहनेछ ।

विद्युत उत्पादनपछि पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेलमार्फत पुनः वरुण खोलामा खसालिने छ ।

उत्पादित बिजुली १.७३ किलोमिटर लम्बाइको २२० केभी प्रसारणलाइनमार्फत माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन