झापा । कोशी नाम खारेजीको मागसहित आन्दोलनरत पहिचानवादीहरूले प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलामाथि कालो झन्डा देखाउँदै आक्रमणको प्रयास गरेका छन् ।
सिटौलामाथि हिजो उदयपुरको जलजलेमा पहिचान पक्षधरले कालो झन्डा देखाउँदै आक्रमण प्रयास गरेका हुन् । कालो झन्डा देखाउँदै आफ्नो गाडीलाई रोक्ने प्रयास गरेकोमा आफूहरूले गाडी नरोकेको मन्त्री सिटौलाले बताए । ‘ एक जनाले गाडीको सिसामाथि हातले हिर्काउँदै थिए’उनले भने,‘तर हामीले गाडी हिडाइहाल्यौं ।’
त्यसअघि उनीहरूले अस्ति धरानमा मुख्यमन्त्री हिकमत कार्कीलाई कालो झन्डा देखाएका थिए । प्रदेश सरकारले वार्ताका लागि आव्हान गरिसकेपनि पहिचान पक्षधरहरूले आन्दोलन जारी राखेका छन् ।