८ हजार पिस रजनीगन्धासहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर  / विराटनगर महानगरपालिका–५ बाट प्रहरीले अबैध रजनीगन्धा र तुलसी सहित तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरूपमा ल्याइएको ८ हजार ६९४ पिस रजनीगन्धा  र ७ हजार ३४४ पिस तुलसी स्टोर गरिरहेको अबस्थामा प्रहरीले फेला पारेको थियो ।

पक्राउ भोक्राहा नरसिंह गाउपालिका–६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र विराटनगर–५ का ४२ बर्षीय अरुण यादव समेतलाई को १३ प ५०८५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका–२ स्थितमा अवैध रूपमा भारत बाट भन्सार छली चोरी निकासी गरी नेपाल तर्फ ल्याउँदै गरेको कपडा बरामद गरेको छ ।

करिव १ लाख ६ हजार मुल्य बरावरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
 

Share: