धानले धनाड्डे बन्ने योजना

झापामा बास्मती धानको हव बनाउने योजना, समग्र धानको उत्पादनमा पनि बृद्धि

दमक/
झापामा सबैभन्दा बढि भारतीय जातको रञ्जित धानन उत्पादन हुन्छ । तर पछिल्लो समय झापामा बास्मती धानको पनि उत्पादन पनि बढ्न थालेको छ । पहिलो चरणमा झापालाई बास्मती धानमा पूणर् आत्मनिर्भर बनाउने लक्ष्यका साथ व्यवसायीकरुमै उत्पादन गर्न थालीएपछि यसको उत्पादन पनि बढ्न थालेको हो ।

झापा गौरादह नगरपालिका वडा नं २ का शोभालाल मुर्मुले टाउकोमा धानको बिटा बोकेर धानको कन्यू तर्फ ओसार्दै हुनुहुन्थ्यो । उहाँले बोकोको यो धान हो कालो नुनिया बास्मती धान । उहाँले अघिल्ला वर्ष छिटो फल्ने, चाँडै बिक्ने रञ्जित लगायतका जातका धान रोप्नु हुन्थ्यो । तर यो पटक चाहि उहाँले बिभिन्न प्रकारका बास्मती धान लगाउनु भएको छ । यो पटक उहाँले रोपेको धानमा उहाँको मिहनत भएपनि पूणर् स्वामित्व चाहि छैन । किनकी उहाँले राष्ट्रिय खाद्य बैकं मार्फत यहाँ धान रोप्नु भएको हो । बैकले अन्त भन्दा फरक प्रविधिको प्रयोग गरेकोले यो वर्ष उहाँको खेतमा बास्मती धान मनग्गे फलेको छ ।

यहाँ राष्ट्रिय खाद्य बैकंले कालो नुनिया १० बिगाहमा, कालो बास्मती १० बिगाहमा, इन्द्र बली १६ बिगाहमा , रातो बास्मती ५ बिगाहमा र ९ बिगाहमा कालो नुनिया बास्मती धान रोपेको छ । बैंकले आफ्नो पहिलो पाईलट प्रोजेक्टको रुपमा गौरादहमा सुरु गरेको धान खेतीको उत्पादन सोचेभन्दा राम्रो देखिएको छ । अहिले यहाँ लगाइएको धान धामधाम काट्ने काम चलिरहेको छ । काटीसकेपछि खाली भएको जमिनमा बैंककै अन्य योजनामा सहयोग पुग्ने गरिका उत्पादन रोपीने बैकंकका सञ्चालक समिती सदस्य इस्वर लुइँटेलले जानकारी दिनुभयो । ‘गहु, कमै र घास रोप्ने तयारी गर्दै छौ ।’उज्यालोसँगको संवादमा लुइटेलले बताउनु भयो ।

पहिलो पटक भएकोले यो वर्ष ५० बिगाहमा बास्मती धान लगाइएको छ । जापनीज प्रविधिबाट खेती गरिएको हुनाले यहाँ उत्पादन सन्तोषजनक भएको बैकको भनाई छ । यहाँ धान रोप्दा कुनैपनि रसाईनिक मल तथा किरा फट्याग्रा मर्ने औषधि पनि छर्केको छैन । यहाँ लगाउने भन्दा पनि हाँसका टिउँरा छोडिएको थियो । त्यहि टिउराले धान गोडने, त्यहाँ आउने किरा फट्याग्रा खाइदिने, साना मसिना झारहरु उम्रन साथ खाने, त्यसो सुली खेतभरी आफै फैलिएर जाने र माटो चलायमान पार्ने काम गरेकोले उत्पादना शन्तोषजनक रहेको बैंकका अध्यक्ष शंरनाथ उप्रतीले बताउनु भयो ।

उत्पादन बढि भएको देखेर यहाँका अन्य किसानले पनि बैकसँग साझेदारी गरेर खेती गर्ने भन्दै सम्पर्कमा आउने क्रम बढ्न थालेको छ । अव आगामी वर्ष धान खेती गर्दा २ सय बिगाहमा गरिने जनाइएको छ । । यहि क्रममा बढ्ने हो भने झापामा २ वर्ष भित्रमा ५ सय बिगाह क्षेत्रफलमा बास्मती धान मात्रै रोप्ने र रैथाने जातको धानलाई प्रर्वधन गर्ने योजना बनाएको उहाँले सुनाउनु भयो । धानमा त्यो पनि बास्मती चामल सस्तो मुल्यमै सबै नेपालीलाई खुवाउने योजनामा बैंकले काम गरिरहेको उहाँले सुनाउनु भयो । यसका लागि गौरादहमै धान संकलन केन्द्रका साथै राईस मिल पनि खोलीदैछ । यसकालागि आवशयक संरचना बनाउने कामको सुरुवात भइसकेको छ । सके सम्म आफै खेती गने , हैन भने आम किसानलाई बास्मती धान खेती गर्न प्रोत्साहन गर्नुका साथै आवश्यक पर्ने बिउ र प्रविधिक सहयोग पनि बैकले गर्ने उप्रेतीले बताउनु भयो । किसानको सबै उत्पादन बैकले खरिद गर्ने सम्झौता नै गरेर पुरै देशलाई चामलमा आत्मनिर्भर बनाउने र आयातीत चामलाई प्रतिस्थापन गर्न बैकं योजनावद्ध भएर लागेको उहाँले सुनाउनु भयो । बर्दियामा पनि बैकंले धान खेती गरेको छ ।

झापामा १२ हजार हेक्टर क्षेत्रमाफलमा बिभिन्न जातको बास्मती धान खेती हुने गरेको छ । केहि धनाड्डे परिवारले यसको खेती गर्न लगाउने गराएको भएपनि यसको व्यवसायीक उत्पादनमा लाग्नेको संख्या भने निकै कम रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

धान उत्पादन बढ्यो

झापामा यो वर्ष समग्र धान उत्पादनमा बृद्धि भएको छ । कार्तिक सुरुमा बेमौसमी वर्षा र बाढि आएको भएपनि उत्पादनमा अघिल्लो वर्ष भन्दा नघटेको ज्ञान केन्द्रका कृषि बिज्ञ शालीकराम भट्टराईले जानकारी दिनुभयो ।

झापामा अघिल्लो वर्ष ८५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोप्दा ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन फलेको थियो । यो वर्ष धान रोप्ने जमिनको क्षेत्रफल पनि बढेको छ । ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा रोपीएको छ । यसबाट मंसिर २२ गते सम्ममा ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन उत्पदान भइसकेको छ । अझै केहि पालिकाहरुले त्यहाँ उत्पादन भएको धानको तथ्यांक नपठाइसकेकोले पुषको पहिलो साता सम्ममा एकमुष्ट तथ्याकं आउने ज्ञान केन्द्रले जनाएको छ ।

यो वर्ष ४ लाख ६६ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान ज्ञान केन्द्रको छ । यो वर्षको बेमौसमी वर्षाले ४६ हजार ७ सय ९२ मेट्रिक टन उत्पादन घटाएको ज्ञान केन्द्रले तथ्याकं निकालोको छ । कुल उत्पादनको १८ प्रतिशत यो पटकको बेमौसमी वर्षातका कारण क्षती भएको भट्टराईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ