कमलमा रोपियो एक हजार बिरुवा

jpg_20230605_221412_0000

दमक /
झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको गुह्येश्वरी सामाजिक सस्थाले विश्व वातावरण दिवसको अवसरमा पाडाजुँगी चोक उत्तर हिमाली मार्ग हुदै जगनाथी होली सम्म करिब एक हजार कल्की जातका विरुवा रोपेको छ ।

डिभिजन बन कार्यालय झापको सिफारिस अनुसार डिभिजन वन कार्यालय धनकुटाले सहयोग स्वरुप ती विरुवा उपलब्ध गराएको थियो ।

एक औपचारीक कार्यक्रमका बिच सुरु भएको सो कार्यक्रममा प्रमुख आतिथि २१ बाहिनी अड्डाका बाहिनीपति धन बहादुर थापा रहनु भएको  थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी वल शिक्षालयका डि.एस.पि. लोकेन्द्र सुवेदी,३८ नम्बर गणका डि.एस.पि. महेशराज बिष्ट,इलाका प्रहरी कार्यालय दमकका डि.एस.पि.मनोज कुमार लामा ,जनप्रतिनिधि, कमल गापा शिक्षा समिति सदस्य साथै स्मारिका स्कुलका प्रिन्सिपल गुणराज गिरी ,स्थानिय सहकारी सस्थाका अध्यक्ष,पूर्व वडाध्यक्ष,शिक्षक,समाजसेवी,महिला समूह,बाल क्लब,स्काउट समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले बढ्दो वातावरण प्रदुषण लाई न्युनिकरण गर्नका निमित्त संस्थाले सञ्चाल गरेको बृक्षारोपण कार्यक्रम सराहनिय रहेको बताउनु भयो । उक्त रोपिएका विरुवाको संरक्षणका निमित्त आवश्यक परे वाहिनी अड्डाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
उक्त  कार्यक्रमको औचित्य माथि  समाजसेवी, पूर्व वडाध्यक्ष डम्बर निरौलाले प्रस्ट पार्नु भएको थियो ।

वातावरण संरक्षणका गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’ मनाईन्छ ।

यो वर्ष ‘प्लास्टिक प्रदूषणलाई हराऔँ ’ भन्ने मुल नाराका साथ विश्वभर यो दिवस मनाईयो ।
नेपालमा पनि ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाईयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत