बिर्तामोडबाट  दुई जना ब्राउन सुगर कारोबारी पक्राउ

झापा /  झापाको बिर्तामोडबाट दुई जना ब्राउनसुगर कारोबारीलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–११ को एक होटलबाट सोही नगरपालिका–१० का विक्रम लिम्बू र पाँचथर फिदिम नगरपालिका–१ का मदन मगरलाई पक्राउ गरिएको छ । उनीहरूले होटलबाट कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जाँच गर्दा ३६ ग्राम ब्राउनसुगर बरामद गरेको हो । पछिल्लो पटक एकै स्थानबाट बरामद गरिएको ब्राउनसुगर यो नै सबैभन्दा धेरै परिमाण रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूले प्लाष्टिकमा प्याक गर्दै गरेको अवस्थामा ब्राउनसुगर बरामद गरिएको छ । त्यस्तै एक थान डिजिटल तराजु र दुई हजार ५ सय ३० रुपैयाँ नगद पनि बरामद गरिएको डिएसपी रिजालले जानकारी दिए । प्रहरीले उनीहरूलाई आइतबार साँझ अर्जुनधारा–११ स्थिति मेमेङ होटल एण्ड लजबाट पक्राउ गरेको हो ।

 

Share: