खोप अभियान

कोभिड बुटि श्रींखला ३, भाग १ : दमकमा अव २० हजार मात्रै खोप लगाउँन बाँकी भिडियो सहित)

दमक/
पहिलो र दोस्रो चरणको कोरोना आएका बेलामा निरन्तर सञ्चलन भएको कोभिड बुटि पूःन सुरु भएको छ । कोरोना भाइरसको परिवर्तीत भेरियेण्ट ओमिक्रोनको फैलावट नेपालमा पनि सुरु भएपछि यसैबारेमा जनकारी दिन साथै खोप, तथा कोरोनाले पारिरहेको असर र यसको निराकणकालागि भएका प्रयासका बारेमा जानकारी दिने उद्धेयस्ले फेरि कोभिड बुटिको तेस्रो श्रीखंला सुरु भएको छ । तेस्रो श्रींखला अन्तर्गतको पहिलो कोभिड बुटिमा दमकमा के कतीले खोप लगाए र अव लगाउन कती बाँकी छन् भन्नेबारेमा केन्द्रित छ ।

नेपालमा कोरोना विरुद्धको खोप आउने बित्तीकै देखी दमकमा पनि लगाउन सुरु गरियो । खोप मुख्यगरी केन्द्र सरकारको निर्देशन र योजना अनुरुप सञ्चालन गर्नु पर्छ । यसमा स्थानीय सरकारले आवश्यक सहजिकरण गर्ने र लक्षीत समुदायको पहिचान गर्नेमात्र रहन्छ । यसमा पनि विषेश ख्याल गर्न सकिएन भने खोप कार्यक्रम प्रभावकारी हुँदैन । तर

दमक नगरपलिकाले सुरुदेखीनै यसमा व्यवस्थित काम गर्न सक्यो । र त यहाँ दुबै मात्रा अर्थात २ डोज नै खोप लगाउनेहरुको संख्या ६४ प्रतिशत पुगेको छ । नगरपाकिलाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नगेन्द्र भट्टराईका अनुसार दमकमा पहिलो डोज लगाउने नागरिकको संख्या ४३ हजार जनाले लगाइसकेका छन् भने ३७ हजार ५ सय जना रहेका छन् ।

दमकमा अव १८ वर्ष उमेर माथीका करिव २० देखि २५ हजार जनालाई मात्र खोप लगाउन बाँकी छ । १८ वर्ष कम उमेर भएकाहरुको समेत संख्या जोड्दा यो संख्या केहि बढ्ने पनि हुन्छ । अहिले पनि खोप आवश्यकताका आधारमा लगाइरहिएको छ । तर पहिलाको जस्तै गरेर हरेक खोप केन्द्र केन्द्रमा अभियान चलाइएको चाहि छैन । नेपाल सरकारका साथै प्रदेश १ सरकारसँग आवश्यक मात्राको खोप माग गरिएको भट्टराईले जानकारी दिनुभयो । सरकारका सम्बन्धीत निकायले एक हप्ता भित्रमा खोप उपलब्ध गराइने भन्ने प्रतिवद्धता गरेको हुँदा सकेसम्म यहि हप्ता नभएपनि अर्को हप्ताबाट फेरि खोप अभियान सञ्चालन हुने सिनियर अहेव अधिकृत भट्टरईको भनाई छ ।

सिनियर अहेव अधिकृत भट्टराईले भनेजस्तै भएमा अर्को एक हप्ता भित्रमा दमकका १८ वर्ष उमेर मथीका सबै नागरिकहरुले खोप लगाइसक्ने छन् । कोरोनाको अर्को नयाँ भेरियेण्ट ओमिक्रोन समेत अहिले देखा पर्न थालेको र यहि खोपले पनि यसको रोकथाम हुन सक्ने भने विज्ञहरुले बताएपछि नगरपालिकाले खोप अभियानलाई थप प्रभावकारी र दु्रुत स्तरम ागर्न लागेके जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिनाले नेपाल सरकारले चैत महिना भित्रैमा सबै देशभरीका नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको भएपनि दमकमा यो योजना त्यस अगवै पनि पुरा हुन सक्ने बताउनु भयो । १८ वर्ष भन्दा कम उमेर भएकाहरुका लागी खोप लगाउन थाल्ने वित्तीकै दमकमा कोरोना विरुद्ध लगाइन पर्ने पहिलो खोप अभियान सम्पन्न हुने तिम्सिनाले बताउनु भयो ।

अहिले कोरोनाको जोखिम केहि कम भएकोले सबै तिर भिडभाड छ । तर ओमिक्रोन नामक नयाँ भेरिययेण्ट आएकोले त्यसको जोखिमबाट बच्न आवश्यक सावधानी चाहि पक्कै अपनाउन पर्छ । विस्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सम्बन्धीका सुरक्षा सबैले पालना गर्नेमात्र हो भने पनि कोरोनाका जस्ता सुकै भेरियण्टबाट बच्न सकिने विशेषज्ञहरुले बताएका छन् ।

कोभिड बुटि, दमक नगरपालिकासँगको सहकार्यमा पूर्व नेपाल मिडिया हाउस प्रालि दमकले उत्पादन गरेको हो । यो दमकका विभिन्न रेडियो स्टेशनका साथै स्थानीय दैनिक पत्रिका र हिमशिखर टेलिभजिनको समाचार बुलेटिनमा हरेक हप्ताको आईतबार प्रसारण हुने गर्द छ । तपाईले कोभिड बुटिका सबै श्रिंखला उज्यालो खवर डट कम र उज्यालो खवरको यूटुवमा पनि गएर पढ्न र हेर्न समेत सक्नु हुने छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत