"थप अनुसन्धान जारी"

सुधार गृहमा राखिएका युवकको मृत्यु  

विराटनगर : विराटनगर महानगरपालिका ३ कञ्चनबारीमा रहेको ‘लिभर टी नेपाल सुधार गृह’ मा राखिएका एक युवकको मृत्यु भएको छ ।

सप्तरीको तिलाठी ४ का १८ वर्षीय राजेश मण्डल हातखुट्टा नचल्ने भएर बिरामी परेपछि बुधबार उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी लागूऔषध प्रयोगकर्ता रहेकाले परिवारले सुधारका लागि उक्त गृहमा राखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share: