Search
Close this search box.
"सवारी व्यवस्थापनमा जोड"

 

दमक/
दमकमा अव्यवस्थित रुपमा सिटि सफारी साधन सञ्चालन भइरहेको भनेर गुनासो बढिरहेको छ । तर दमक नगरपालिका भने दमकका गुड्ने सिटि सफरी दमक बाहिरका पनि रहेकोले यस्तो अव्यस्थित देखिएको बताउँछ र यसको निराकरण गर्ने उपाय निकाल्न थालेको छ ।

दमक नगरपालिकामा दर्ता भएर कति सिटि सफारी सञ्चालन भएका छन् उनीहरुको खोजी र पहिचान गर्नकालागि अव दमक नगरपालिकाले नगरको पहिचान झल्कने स्टिकर टास्ने भएको छ ।

नगरको ट्राफिक व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाका अनुसार दमकमा दर्ता भएर सञ्चालनमा रहेका सिटि सफारीहरुको पहिचान गर्ने र जसको नाममा साधन छ उसैले सञ्चालन गरेको छ भने उसलाई पूर्वाधार करमा छुट दिने गरिको निणर्य भएको छ ।

यसको कार्यान्वायन आगामी आईतबार देखी हुने उहाँले बताउनु भयो ।

भिडियोमा हेरौ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp