झापामा डाँका र खोटा चलन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

1686284388_34661

झापा / झापामा डाँका र खोटा चलन मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार उक्त मुद्दाहरूमा फरार रहेका इलामको माई नगरपालिका–२ का ३६ वर्षीय दिपेश भन्ने बिरबल राई र बुद्धशान्ति गाउँपालिका- ४ बस्ने ५२ वर्षीय मणि जवेगु भन्ने बुद्धिकुमार केरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले दुवै फरार प्रतिवादीलाई बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा कारागार पठाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको २०७४ जेठ ३१ गतेको फैसला अनुसार डाँका मुद्दामा राईलाई ६ वर्ष कैद र ३ लाख ९ हजार ५९ रुपैयाँ २५ पैसा जरिवाना तोकेको छ, भने अदालतको २०७६ पुस २१ गतेको फैसला अनुसार खोटाचलन मुद्दामा केरुङलाई ३ वर्ष कैद र १० लाख ३३ हजार रुपैयाँ जरिवाना फैसला तोकेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन