सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार झापाको दमक नगरपालिकास्थित बुद्धचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने मोरङको उर्लाबारीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दमकमा को ३७ प ८१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक ६२ बर्षीय लोक बहादुर धिमाल र पछाडि सवार उनी श्रीमती ६४ बर्षीया हिरादेवी धिमाल घाइते भएका थिए ।

घाइते भएका उनीहरूको निम्स अस्पताल दमकमा उपचारका क्रममा हिरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उर्लाबारी नगरपालिमा मे १ ख ३०७३ नम्बरको बसले प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कमल गाउँपालिका–२ झापाका ३४ बर्षीय पवन सुबेदीको घटना स्थलमानै मृत्यु भएको हो ।

ठक्कर दिने बस चालक कन्काई नगरपालिका–३ का ३२ बर्षीय टंक प्रसाद सुबेदीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp