" दमकका डेण्टल हस्पिटल अनुगमन"

रसिद धमिराले खायो, अस्पताल तुरुन्तै बन्द नगरे शिल गर्ने चेतावनी

 

 

दमक/

आन्तरिक राजस्व कार्यालय दमकले आज दमकका विभिन्न दाँत सम्बन्धीका अस्पतालहरुको अनुगमन गरेको छ ।

यहाँबाट सञ्चालीत त्यस्ता अस्पतालहरुले कर छली गरेको तथा सस्था नविकरण एवं उचीत मापदण्ड समेत पुरा नगरि सञ्चालन गरिरहेको गुनासो बढेपछि डेण्टल हस्पिटलहरुको अनुगमन गरिएको आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत माधव अधिकारीले जानकारी दिनुभयो ।

अनुगामन टोलिले दमक ५ बेलडाँगी रोडमा रहेको ॐ शान्ति डेन्टल हस्पिटल, दमक ६ को निणर्यक रेफेन्स ल्याब, दमक ६ मै रहेको आमा डेन्टल हस्पिटल, यहि ठाउँमा रहेको स्वणर् पार्वती डेण्टल, मनकामना डेण्डल, कोशी डेण्टल लगायतको अनुगमन गरिएको थियो ।

अन्ुगमनका क्रममा स्वणर् पार्वतीमा कारोबारको कुनै बिलनै नभेटिएको अनुगमनमा सहभागी अधिकृतले जानकारी दिनुभयो । बिल तथा भर्पाइ माग्दा धमिराले खाएको प्रतिकृया दिएको उहाँले बताउनु भयो । ‘यस्तो प्रतिकृयाले आफुहरु नमान्ने अहिले सम्मको कारोबारको सबै बिल भर्पाई लिएर हप्ता दिन भित्रमा कार्यालयमै बोलाइएको र नआएमा आवश्यक कार्वाहि गरिने छ । ’ती अधिकृतले बताउनु भयो ।

यस्तै दमक ६ थानारोडको मनकामना डेण्टल हस्पिटललाई आवश्यक कागजपत्र नपुग्दा अघिल्लै पटक बन्द गर्न भनिएको तर अहिले सम्म पर्याप्त कागजपत्र तयार पनि नगरेको र अस्पताल पनि सञ्चालन गरिरहेको पाइएको छ । सो अस्पताललाई तत्कालै बन्द गर्न भनिएको छ। ‘अस्पतालमा बिरामीमा कुनै समस्या भेटिएमा वा कुनै गुनासो आएमा तुरुन्तै पक्राउ गरि अस्पताल पूणर् सिल गर्ने गरिने चेतावनी पनि दिइएको छ ।

अन्य अस्पतालको अवस्था भने सामान्य रहेको अनुगमन टोलिले बताएको छ । सबैको बिल तथा रसिदहरु संकलन गरि कार्यालयमा लगिएको र अनुसन्धान पछि मात्रै अन्य अवस्था थाह हुने बताइएको छ ।

भिडियोमा हेरौ

 

Share: