स्वास्थ्य सन्देश

‘मान्छे चिर्दा डर लाग्दैन ?’ यो प्रश्न डा. चन्द्रमोहन शाहलाई (भिडियो सहित)

 

दमक/
मान्छेले मान्छेलाई चिर्नु पर्ने । त्यो पनि कुनै मुर्दा शरिर होईन । जिउँदो मान्छे । ओछ्यानमा सुताएर कैची तथा ब्लेटको प्रयोग गरेर साधारणतया मान्छेले जनवार काटेझै गरि चिरेझै गरि मान्छेले मान्छे पनि चिर्ने गर्छन ।

मान्छेले जनवारको हत्या पछि वा मृत्यू पछि चिर्ने गर्छन भने खास गरि मान्छेलाई मर्न नदिनकालागि मान्छेले मान्छे चिर्ने गरिन्छ ।
मान्छे चिर्न जो कसैले सक्दैनन् । जान्दैनन । यस सम्बन्धीको विषेश शिक्षा लिनु पर्छ । वर्षौको अध्ययन चाहिन्छ । प्रयोगात्मक सिकाई सिक्नु पर्छ । अनी मात्रै मान्छे चिर्न पाइन्छ । त्यो पनि मान्छेलाई मारेर होईन मर्नबाट बचाउँनकालागि ।

डा. चन्द्रमोहन शाहको घर दमक हो । उहाँ एक सफल व्यवसायी बिक्रम शाहको छोरा हुनुहत्हुनुन्छ । एक व्यापारिक घरानामा जन्मनु भएका शाह भने चिकित्सा क्षेत्रमा लाग्नु भयो । चिकित्साको पनि शल्यकृया अर्थात चिरफार गर्ने विभागमा ।

यो क्षेत्रमा उहाँ लाग्नु भएको करिव १५ वर्ष भयो । यो अवधिमा ३ हजार भन्दा बढि मानीसहरुको चिरफार गरेर सफल उपचार गराउनु भएको छ । नयाँ जीन्दगी बनाइदिनु भएको छ । किनकी यो काम उहाँको व्यवसायीक काम हो । पेषा हो । पेषागत जिम्मेवारी मात्रै हो शाहले पुरा गर्नु भएको ।

डा. शाह अहिले आम्दा अस्पताल दमकमा कार्यरत हुनुहुन्छ । बिहान र बेलुकाको फुर्सदको समयमा दमक ६ मा रहेको भट्टराई ओखती घरमा पनि पनि बसेर विभिन्न रोग सम्बन्धीको सेवा दिनु हुन्छ ।

खासगरी उहाँले चिरसफारसँगै अन्य रोगमा पनि गहिरो अध्ययन गर्नु भएको छ । पिसाव, पायल्स, फिसर, फिस्टुला, हाईड्रोशिल, हर्निया, प्रोस्टेण्ट, पित्तथैली, गाँठागुठी सम्बन्धी पनि अध्ययन गर्नु भएको छ ।

हामीले भट्टराई ओखती घरमै बसेर उहाँको चिकित्सकिय यात्राका साथै काम गर्दाका अनुभग र उहाँको विषेशज्ञताका बारेमा कुराकानी गरेका छौ ।

यस सम्बन्धीको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’