Search
Close this search box.

संखुवासभा /  सुख्खा लागेर पानीको मुहान सुकेपछि संखुवासभाको खादबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरु गरेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर गत शुक्रबारबाट बजारबासीलाई पानी वितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताए ।

दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अहनुसार वितरण भइरहेको छ । नगरपालिकाले खाँदबारीमा रहेको सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको छ ।शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

खाँदबारीमा ल्याइएका खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा यतिबेला पानीको हाहाकार भएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp