"थप अनुसन्धान जारी"

झापामा सवारी दुर्घटनामा  एक  जनाको मृत्यु

झापा / झापाको  झापाको मेचीनगर नगरपालिकामा सवार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

शनिबार नगरपालिकाको वडा नम्बर १५ मा  काठको गोलिया बोकेको मे १ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना २ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिँदा मे १ ख ६०५ नम्बरको ट्रकका सहचालक इटहरी ४  का २० वर्षीय सन्दिप नेपाली घाइते भएका थिए ।

घाइते नेपालीको उपचारको क्रममा झापाको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार घटनामा संलग्न ट्रक र चालक इलामका २४ वर्षीय पुरन लुङ्गेली मगरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

 

Share: