वडा कार्यालयहरुमा ‘ग्रेटर नेपालको नक्सा’, सन्देश ससक्त होला ?(भिडियोमा हेरौ)

 

दमक/
भारतले अखण्ड भारतको नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको तिव्र विरोध भएको छ ।
खासगरि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लुम्बिनी लगायत भागपनि समावेश भएको पाइएपछि त्यसको विरोध भएको हो ।
विरोध स्वरुप दमकका दुईवटा वडाहरुले आफ्ना कार्यालयमा ‘ग्रेटर’ नेपालको नक्सा राखेका छन् ।

वडा नं ७ र ८ का वडाध्यक्ष क्रमश.भीम पौडेल र धर्मप्रसाद दाहाल(दिपेश)ले आफ्नो कार्यकक्षमा सो ‘ग्रेटर’ नेपालको नक्सा राखेका हुन ।
वडा नं ८ का वडाध्यक्ष दाहालले ‘ग्रेटर’ नेपालको नक्सा राखेको दायाँ र बाँया तर्फ क्रमश राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री पूष्पकमल दाहालको फोटो पनि झुण्डाइएको छ भने वडा नं ७ का वडाध्यक्षले यी फोटोहरुका साथै माथील्लो भागमा पृथ्वि नारायाण शाहको फोटो पनि राख्नु भएको छ ।

‘ग्रेटर’ नेपालको नक्सा राखेपछि प्रतिकृया दिदै वडा नं ८ का वडाध्यक्ष दाहालले भारतले नेपाललाई गरेको व्यवहारका विरुद्धमा यो कदम चालिएको र यहि तरिकाले संघिय सरकारले समेत आफ्नो सदनमा यो नक्सा राखेर भारतलाई जवाफ दिनु पर्ने बताउनु भयो ।

भिडियोमा हेरौ

Share: