दमक/
दमकमा सिटि सफारी सञ्चालन गर्न अव दमक नगरपालिकाले बनाएको पहिचान सहितको लोगो अनिवार्य टास्नु पर्ने छ । यो काम दमक नगरमा स्थाई बसोबास गरेका दमक बासी सिटि तथा टेम्पोहरुकालागि मात्रै हो ।
दमक स्थाई घर भएकाहरुको पहिचान गर्न र कर सम्बन्धीको छुट दिन यस प्रकारको अभियानको थालनी गरिएको दमक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष तथा दमकको यातायात व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।
आईतबार यो कार्यालयको समुद्धघाटन गर्दै १७ जना सिटि सफारीमा स्टिकर टासिएको थियो ।
दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले यसबाट दमकबासीले पाउने सुविधाको ग्यारेण्टिकालागि पनि यो काम गरिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले दमक सरकारले दिएको सुविधा दमककै मजदुरहरुले उपभोग गर्नकालागि पनि यो प्रावधान ल्याइएको बताउनु भयो ।
दमक बाहिरका सिटि सफारीहरुलाई दमक प्रवेश गरेवापत कर लिइने र गन्तव्य स्थान सम्म पुग्न दिएर त्यहाँबाट तुरुन्तै फर्काउने गरिको प्रबन्ध मिलाईने सो कार्यक्रममा बताइएको छ ।
यो कामले सिटि सफारीका कारण हुने अनावश्यक भिड तथा अन्य दुर्घटना समेत न्यूनिकरण हुन सक्ने विस्वास दमक ट्राफिक प्रहरीको छ ।
भिडियोमा हेरौ