सुनकोशीमा पुल निर्माण सुरु

Untitled-1 (8)

खोटाङ /  खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो। 

एम/एस कालिका–वेदांसी जेभीले भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँमा निर्माणको जिम्मा पाएको हो। सम्झौता अनुसार आगामी २०८० असोजमा पुल निर्माणको म्याद सकिँदै छ तर निर्माण कम्पनीले बल्ल काम सुरु गरेको छ। म्याद सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनीले जेठ १९ गतेबाट पुल फाउन्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो।

सम्झौता अनुसार वंशिलाघाटमा पाइल फाउन्डेसन भएको १५० मिटर लम्बाइ भएको प्रि–स्ट्रेस बक्स गिर्डर ब्रिज बन्ने छ तर निर्माण कम्पनीले समयमा काम सक्ने छाँटकाँट देखिँदैन। निरन्तरको खबरदारीपछि मेसिन लिएर ठेकेदार वंशिलाघाट बल्ल पुगेको प्रदेश सभा सदस्य भूपेन्द्र राईको भनाइ छ। हाल ठेकेदारले काम सुरु गरेको स्थानीयवासीले बताएका छन्।

पुल बनाउने स्थान केही तल सार्नु पर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ। पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेका ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेश सभा सदस्य राईले बताउनुभयो।

वंशिलाघाट खोटाङको वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पूर्वी सहर बाहिरिने र भित्रिने प्रमुख नाका हो। वंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोशी वारपार गर्ने गरिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक