छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चारजना पक्राउ

झापा, मोरङ र उदयपुरको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका १ भगवान चोकबाट बिर्तामोड ४ का ३३ वर्षीय बब्लु सिवाकोटीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै नियन्त्रणमा लिएको हो ।

यसैगरी विराटनगर महानगरपालिका १५ ढाटबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इटहरी १५ का २० वर्षीय सुरज चौधरीको साथबाट २४० ट्याबलेटसहित पक्राउ गरेको छ ।

यस्तै, उदयपुरको बेलका नगरपालिका ५ बाट चौदण्ढीगढी ३ का २१ वर्षीय पवन परियारको साथबाट स्पास्मो ११७, ट्रामोल १३० ट्याबलेट र त्रियुगा गाउँपालिका ६ बाट त्रियुगा ३ का २४ वर्षीय भगवानदेब चौधरीको साथबाट फेनारगन १९, डाईजेपाम २०, बुप्रिनोफिक २० एम्पुल औषधी सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share: