"थप अनुसन्धान जारी"

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु 

 मोरङ / मोरङको ग्रामथान गाउँपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार कलमा मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान–३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ग्रामथान–५ का विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्न खोज्दा करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए ।

माझीलाई दिउँसो २ बजेतिर करेन्ट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । डीएसपी दाहालका अनुसार घटनाको अनुसन्धान थालिएको छ ।

 

Share: