"गरीवको गाथा"

अचम्म ! यी बालकको मलद्धारनै छैन, दिसा गर्न पेटमा घाउँ (भिडियोमा हेरौ)

 

दमक/
यी बालकको नाम हो सुमन ठाकुर । उमेर बल्ल ६ वर्ष । तर थाह छ यी बालकको मलद्धारनै छैन । यसो कल्पना गरौ त हामीलाई भोक लाग्छ । खाना खाइन्छ । खाजा खाइन्छ । तर त्यो खाइसकेपछि शरिर भित्र जव विकार पदार्थ बन्छ त्यो बाहिर निस्कन्छ । मलद्धार मार्फत दिशा बनेर । तर सुमनको त मलद्धारनै छैन । अत्यन्तै कष्टकर तरिकाले उहाँको जीवन बाँचीरहेको छ ।

झापाको दमक स्थित भृकुटी चोकबाट पश्चिम दिपिनी मार्ग जाने बाटो । चोकदेखी पश्चिम लागेपछि दक्षिण तर्फ लाग्ने सानो गल्ली छ । त्यो गल्लीको दोस्रो घरको भुईतलामा बस्नु हुन्छ देवन्ती ठाकुर । देवन्ती सुमनको आमा । सडकमा बसेर गर्ने काम गरेर उहाँले आफ्ना तीन सन्तान हुर्काइरहनु भएको छ ।कैले हरिया मकै पोल्नु हुन्छ त कहिले भक्का बनाउनु हुन्छ अनी कहिले अन्य मौसमी सामाग्री । दैनिक २/३ सय रुपैँयाको आम्दानी । यसबाट परिवार चलाउँनै धौ धौ ।

बिहान बेलुका के खाने घरमा बसेको घर साहुको भाडा कसरी तिर्ने भन्ने चिन्तामा हरेक दिन बित्ने यो परिवारमा सुमनको समस्याले थप पीडा दिएको छ । आमा भन्नु हुन्छ उपचार गर्ने पैसानै छैन । छोरोलाई कसरी बचाउँ ।

अहिले सुमनको पेट स्थित तल्लो भाग कोखामा सानो घाउ बनाएर शरिर भित्रको बिकास पदार्थ निस्कने बनाइएको छ । यो जतिबेलाई एउटा टालो लगएर छोपिरहनु पर्यो । कतिबेला के आउँछ पत्तो हुदैन । एकैचोटि बाहिर गन्हाउन थालेपछि मात्रै ए छोरोको शरिरभित्रबाट विकास पदार्थ बाहिर आएछ भन्ने थाह हुन्छ । यसले गर्दा सुमनले राम्रोसँग बढ्न पाउनु भएको छैन । अन्य बृद्धि विकासमा समस्या भइरहेको छ ।

आमा भन्नु हुन्छ दुख र पीडा जति चाहि गरिवलाई मात्रै पर्ने हो ? गहभरी आँशु निकाल्दै उहाँले आफ्नो छोराको जीवन बचाइदिन सार्वजनिक अपील गर्नु भएको छ ।

बिभिन्न अस्पतालमा गएर चिकित्सकलाई देखाएको तर पैसा अभावकै कारण उपचार अघी बढाउन नसकीएको सुमन परिवारले जनाएको छ । परिवारका अनुसार कम्तिमा ५ लाख रुपैँया भयो भने छोरोको मलद्धार अपरेशन गरेर बनाउन सकिन्छ । त्यो पाँच लाख रुपैँया जुटाइदिन सहयोगी मनहरुलाई ठाकुर परिवारले अपील गरेको छ ।

भिडियोमा हेरौ

https://www.youtube.com/watch?v=g1mnAokK1ew

Share: