दमक/
पाँचथर रानीगाऊ निवासी ४८ बर्षकी कमला तामाङ्गको भेट अपरेशन गर्नु अघी देख्नेहरुलाई लाग्न सक्थ्यो नौ महिना पुरा भएको गर्ववती । अपरेशनकालागि अस्पताल आउँदा देख्नेहरु भन्ने गर्थे ‘डेलिभिरी डेट’ आएछ ।
तर तामाङ कुनै गर्ववती महिला नभएर पाठेघरमा ‘सिस्ट’ रहेको विरामी हुनुहुन्थ्यो । ६ महिना अघी तामाङ आफ्नो समस्यका बारेमा बरिष्ठ महिला रोग विषेशज्ञ डा. दिप्ति कुँवरको सम्पर्कमा हुनुहुन्थ्यो । सोही समयमा उनको पाठेघरमा मासु पलाएको पत्ता लागेको थियो र शल्यक्रियाको गर्न भनिएको थियो। आज बुधवार उनको शल्यक्रिया भएको हो।
उहाँको आज दमक अस्पतालमा पेटबाट ९ किलोको सिस्ट निकाल्न सफल भएको अस्पतालकी सूचना अधिकारी देवी दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा यती ठूलो सिस्टको शल्यक्रिया पहिलो पटक गरिएको हो।
गाईनोकोलोजिस्ट डा दीप्ति कुँवर, फिजिसियन डा योगेश चेम्जुङ, एनेस्थेसियोलोजिस्ट डा उद्धव अधिकारी, एनेस्थेसिया असिस्टेन्ट देवी दंगाल, निशा देवकोटा, नर्स पूजा आचार्य, चन्द्रकला राना, सरिता खड्का लगायतको टिमले तामाङको शल्यक्रिया गरेको हो।