मलेसिया/
प्रवासी नेपाली मञ्च मलेसियाको दोस्रो अधिबेशसन जुन २५ तारिख अर्थात असार १० गते हुने निश्चित भएपछि यसको सम्पन्न गर्न मुल आयोजक कमिटी लागी परेको छ ।
क्वालालम्पुरको होटल ग्राण्ड कन्टिनेनटलमा आयोजना हुने यो अधिबेसनले नयाँ नेतृत्व पनि चयन गर्ने गर्ने भएको छ ।
पूर्व उप-प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इस्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको अधिबेसनमा मलेसियाभरीबाट करिव १ हजार २ सय जना श्रमिकहरुको उपस्थिती रहने जनाइएको छ ।
यहाँ रहेका हरेक राज्यबाट प्रतिनिधीमुलक रुपमा सहभागी गराइने र हरेक सहभागीलाई खाना र यातायातको समेत व्यवस्था गरिने मुल आयोजक समितीका उपाध्यक्ष झापाको कमल स्थाई घर हुनु भएका डिल्ली न्यौपानेले जानकारी दिनुभयो ।
‘हामी यसको सम्पूणर् तयारीमा जुटेका छौ । आर्थीक श्रोत देखि लिएर अतिथि निमन्त्रणा, कलाकार व्यवस्थापन साथै स्थानिय सहभागीतालाई प्रभावकारी बनाउने काममा हामी दैनिक खटिरहेका छौ ।’ न्यौपानेले उज्यालो खवरसँग कुराकानी गर्दै बताउनु भयो ।
यो अधिबेसनलाई मलेसियामा रहेका अन्य सघं सस्थाको कार्यक्रम भन्दा भव्य र सभ्य बनाउन हर प्रयास गरिरहिएको उहाँले बताउनु भयो । ‘स्थानिय सञ्चारकर्मी, प्रशाषनलाई समेत निमन्त्रणा गरेका छौ । हामी यो पटक मलेसियामा फरकपन दिने गरि काम गर्दै छौ ।’ न्यौपानेको भनाई छ ।
कार्यक्रममा नेपालका बरिष्ठ गायक बद्रि पंगेनी सहितको टोलि आउने मञ्चका महासचिव दयाराम कुमालले जानकारी दिनुभयो । यहाँ रहेका नेपाली कलाकारहरुको पनि सास्कृतक प्रस्तुती रहने उहाँको भनाई छ ।
पदाधिकारीमा को को आउलान् ?
नेकपा एमालेको जनवर्गिय संगठन हो प्रवासी नेपाली मञ्च । नेपालमा हुदा एमालेमा आस्था राख्नेहरु तथा यसका सदस्यहरु मञ्चको सदस्य बन्न सक्ने छन् । तर विदेशको हकमा राजनैतिक गतिविधि भन्दा पनि आम रुपमा श्रमिकका मुद्धालाई जोड दिइने भएकोले यहाँ जोसुकैलेपनि सदस्यता लिन पाउने र न्यायका लागि मञ्चलाई प्रयोग गर्ने सक्ने गरिको व्यवस्था मिलाइने वर्तमान कमिटीका महासचिव समेत रहनु भएका कुमालले बताउनु भयो ।
श्रमिकको पक्षमा काम गर्न सक्ने, समय दिन सक्ने, पार्टि बुझेको र श्रमिकको भावनालाई आफ्नो एजेण्डा बनाएर अघी बढ्ने गरि यो पटक श्रमिक मैत्री नेतृत्व आउँने दावि गरिएको छ ।
अहिले सम्मको आन्तरिक तयारी अनुसार अध्यक्षमा दयाराम कुमाल , उपाध्यक्षमा जीवन देवान गाउँले र कृष्ण खड्का, सचिवमा डिल्ली न्यौपाने र सह-सचिवमा रबिन कार्की आउने चर्चा छ ।
यी आकाक्षींहरुमा कुमाल अहिलेको कमिटीका महासचिव र गाउँले उपाध्यक्ष तथा अन्य ‘फ्रेस फेस’ रहनु भएको छ ।