घोपामा अव अलनालाईनबाटै टिकट सेवा

धरान/
कोरोना भाइरसको नया भेरियन्ट ओमोक्रोन नेपालमा समेत देखा पर्न थालेपछि अस्पतालहरुले सेवाग्राहीलाई सरल र सुलभ ढंगले उपचार गर्ने विधि अपनाउन थालेका छन् ।
यसै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी घरमै बसी बसी बिल काट्ने प्रविधिको शुरुवात गरको छ । यसले कोरोना सक्रमण न्यूनिकरणमा सहयोग त पुग्छ नै विरामीहरुले समेत सहज रुपमा उपचार गर्न सक्ने हुँदा विरामीहरु समेत लाभान्वित हुने भएका छन् ।

घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागु गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालु गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको हो ।
प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गए पछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरिएको हो ।
धरान १५ का सेवाग्राही ज्ञानेन्द्र बस्नेतले अहिलेको कोरोना महामारीका समयमा कोरोनाबाट बच्न यसले ठूलो सहयोग पुग्ने बताउदै विरामीलाई समेत अनावश्यक झन्झट नहुने बताउनुभयो । उहाँले अहिले विमाबाहेकका बिलहरु अनलाइनमार्फता हुने गरेको बताउदै विमालाई समेत यो सुविधामा ल्याउन प्रतिष्ठानसँग अनुरोध गर्नुभयो ।

प्रतिष्ठानले गत शुक्रबार देखि एप मार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जनाएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नुपर्ने बाध्यताबाट विरामीहरुले छुटकारा पाउने प्रतिष्ठानकी कर्मचारी सिर्जना गुरुङले बताउनुभयो ।

उहाका अनुसार सेवालाई विस्तार गरेर ल्याब परिक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ ।
यस्तै पेइङतर्फको विरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउने तयारी रहेको अस्प्तालले जनाएको छ । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएकोे छ ।

एप्स मार्फत कुन विभागको कुन टिममा विरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । विरामीले अघिल्लो दिन नै अनलाइन रजिष्ट्रेसन गर्नुपर्ने र विरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ । यस्ता नया कामहरु दीर्घलीन हुनुपर्ने सर्वसाधारणको भनाई छ । विगतमासमेत विल काट्न टोकन सिस्टम बनाएको र दुई महिना नवित्दै बन्दभएको भन्दै यो पनि सस्तो लोकप्रियताका लागि नभई प्रतिष्ठानले विरामीको हितलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल