घोपामा अव अलनालाईनबाटै टिकट सेवा

धरान/
कोरोना भाइरसको नया भेरियन्ट ओमोक्रोन नेपालमा समेत देखा पर्न थालेपछि अस्पतालहरुले सेवाग्राहीलाई सरल र सुलभ ढंगले उपचार गर्ने विधि अपनाउन थालेका छन् ।
यसै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरी घरमै बसी बसी बिल काट्ने प्रविधिको शुरुवात गरको छ । यसले कोरोना सक्रमण न्यूनिकरणमा सहयोग त पुग्छ नै विरामीहरुले समेत सहज रुपमा उपचार गर्न सक्ने हुँदा विरामीहरु समेत लाभान्वित हुने भएका छन् ।

घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागु गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालु गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको हो ।
प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गए पछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरिएको हो ।
धरान १५ का सेवाग्राही ज्ञानेन्द्र बस्नेतले अहिलेको कोरोना महामारीका समयमा कोरोनाबाट बच्न यसले ठूलो सहयोग पुग्ने बताउदै विरामीलाई समेत अनावश्यक झन्झट नहुने बताउनुभयो । उहाँले अहिले विमाबाहेकका बिलहरु अनलाइनमार्फता हुने गरेको बताउदै विमालाई समेत यो सुविधामा ल्याउन प्रतिष्ठानसँग अनुरोध गर्नुभयो ।

प्रतिष्ठानले गत शुक्रबार देखि एप मार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जनाएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नुपर्ने बाध्यताबाट विरामीहरुले छुटकारा पाउने प्रतिष्ठानकी कर्मचारी सिर्जना गुरुङले बताउनुभयो ।

उहाका अनुसार सेवालाई विस्तार गरेर ल्याब परिक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ ।
यस्तै पेइङतर्फको विरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउने तयारी रहेको अस्प्तालले जनाएको छ । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएकोे छ ।

एप्स मार्फत कुन विभागको कुन टिममा विरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । विरामीले अघिल्लो दिन नै अनलाइन रजिष्ट्रेसन गर्नुपर्ने र विरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको अस्पतालले जनाएको छ । यस्ता नया कामहरु दीर्घलीन हुनुपर्ने सर्वसाधारणको भनाई छ । विगतमासमेत विल काट्न टोकन सिस्टम बनाएको र दुई महिना नवित्दै बन्दभएको भन्दै यो पनि सस्तो लोकप्रियताका लागि नभई प्रतिष्ठानले विरामीको हितलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको