मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई

IMG_20230616_072805-712x375

इटहरी : मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बिभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ ।इटहरीमा बिहिबार साँझ सम्पन्न भएको फाइनल खेलमा अर्को बिभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो ।

उपाधीसँगै पुलिसले नगद ३ लाख रुपैयाँ हात पारेको छ । उपबिजेतामा सीमित बनेको एपीएफले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

इटहरी रंगशालामा भएको खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदै नगद ५५ हजार पुरस्कार पाइन् ।

बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उनीहरूले जनही १५ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जीनाजंग कार्की, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्का लगायतले पुरस्कार वितरण गरे ।

प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा तीन बिभागीयसहित ६ टिमको सहभागिता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको